८ फागून
पर्वत । हात्ति पाईले रोग निवारणका लागी पर्वत जिल्लामा समन्वय वैठक आज सम्पन्न भएको छ । पर्वत जिल्लाका ७ वटै स्थानिय तहमा फागून १५ गते देखि शूरु गरिने दशौ चरणको अभियानकोे तयारीका लागी वैठक सम्पन्न भएको हो । जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेलको अध्यक्षतामा सम्पन्न वैठकले जिल्लाभर सहज रुपमा सवै नागरिकमा हात्तिपाईलेको औषधि खूवाउने तयारी गरेको हो । विगत ९औं चरणको अभियानमा आईपरेका समस्या र आगामी दिनमा आउन सक्ने चूनौतिहरुको वारेमा समिक्षा गरि वैठक सम्पन्न भएको छ ।


समन्वय वैठकमा जिल्ला जन स्वास्थ्य अधिकृत दिपक भण्डारीले नेपाल लगायत पर्वत जिल्लाको हात्तिपाईले रोगको अवस्थाको वारेमा प्रस्तूतिकरण गर्नु भएको थियो । हात्तिपाईले सरुवा रोग भएकाले यो धागो जस्तो व्यक्टोरीया वाट सर्ने गर्दछ । यस्को सर्ने माध्यम लामखुट्टेको टोकाई वाट उक्त पराजिवि मानिसको शरिरमा सर्न गाई रोग लाग्ने गर्दछ । यो रोग लागे पछि यस्को उपचारको कूनै विधि नरहेकाले यस वाट वच्नको लागी नियमित यस अभियानमा सवैले औषधि खाएर आफू पनि वच्ने र अरुलाई पनि वचाउने गर्नु पर्ने जानकारी दिनू भयो ।


७ दिन भित्रको सूत्केरी र गर्भवती,२ वर्ष मूनिको वच्चा,दिर्घ रोगीहरु मूटू,छारे, डाईवेटिज,व्लडप्रेसर उच्च भएका ७० वर्ष माथीका व्यक्तिहरुले यो औषधि खान नहूने वताउनू भएको थियो ।
पर्वत जिल्लामा फागुून १५ गते देखि १ लाख ३७ हजार २ सय ५० जना व्यक्तिले यो औषधि खाने भएका छन् । पर्वत जिल्लामा यस रोगको लक्षण अन्तरगत २ जनामा हात्तिको जस्तो खुट्टा सूनिएको देखिएको र १६ जना हाईडेसिल भएका देखिएका छन् ।

यो रोग विरुद्धको अभियानमा नेपालका ७७ जिल्ला मध्ये ६२ जिल्लामा संचालन भएको छ । हिमालय क्षेत्रमा पर्ने जिल्लामा यो रोगका लक्षणहरु नदेखिएको वताईएको छ । यस वर्ष पर्वत जिल्लामा तालिम प्राप्त स्वास्थ्य कर्मीले मात्र औषधि खुवाउने छन् । जस्मा ४१० जना स्वास्थ्यकर्मी परिचालित हूनेछन् । नेपालमा ३० हजार जना यस रोगका रोगीहरु रहेको तथ्याड्कले देखाएको छ । सन् २०२० सम्ममा यस रोगका रोगीहरुलाई १ प्रतिशतमा झार्ने लक्ष नेपाल सरकारले लिएको छ ।

उक्त समन्वय वैठकको अध्यक्षता पर्वत जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेल,स्वागत कूश्मा नगर स्वास्थ शाखा संयोजक उमाकान्त सापकोटा र कार्यक्रमको संचालन कूश्मा नगर स्वास्थ्य शाखा सह संयोजक यम प्रसाद शर्माले गर्नु भएको थियो । कार्यक्रममा कूश्मा नगरका उप प्रमूख सीता कापले लामिछाने,प्रमूख जिल्ला अधिकारी,लगायतको सहभागिता रहेको थियो ।