११ भाद्र कूश्मा पर्वत । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतको वैठक आज सम्पन्न भएको छ । पार्टी सभापती खिम प्रसाद भूषालको अध्यक्षतामा सम्पन्न भएको वैठकमा जिल्ला कार्य समितिका पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त वैठकले महत्वपूर्ण तीन वटा प्रस्तावहरुमा निर्णय गरेको छ ।

पार्टी सचिव विश्व प्रकास प्रसाईका अनूसार पार्टी सभापती खिम प्रसाद भूषालको संयोजकत्वमा वर्तमान संसद,पूर्व सांसद,पूर्व पार्टी सभापतीहरु र सभापतीका प्रत्यासी रहेका व्यक्ती र पदाधिकारी समेतको १३ सदस्यीय उच्चस्तरीय सुझाव समिति गठन गरेको छ । जस्मा अर्जुन प्रसाद जोशी,ईन्दू शर्मा,मिठाराम दूखी,ऋषीकेश तिवारी,नवराज गूरुङ,लालकाजी गूरुङ,खगेन्द्र तिवारी,वसन्त वहादुर सि.के,दुर्गा वहादूर खत्री,विश्व प्रकास प्रसाई,यूक्त प्रसाद श्रेष्ठ र यम वहादूर मल्ल रहेका छन् ।

त्यसै गरि उपसभापती दुर्गा वहादूर खत्री संयोजक रहेको निर्वाचन अनूगमन समिति गठन गरेको छ वांकी सदस्यहरु पछि पुर्णता दिने सहमती भएको छ । जिल्ला कार्य समिति सदस्य कूल प्रसाद उपाध्यायको संयोजकत्वमा जिल्ला स्तरिय अनूशासन समिति गठन भएको छ सदस्यहरुमा लेख वहादूर गरुङ र तिलक श्रेष्ठ रहेका छन् । जिल्ला कार्य समिति सदस्य गोविन्द पराजूलीको संयोजकत्वमा जिल्ला लेखापरिक्षण समिति गठन भएको छ जस्मा सदस्यहरु देवी प्रसाद विलासी र अन्जली शर्मा रहेका छन् ।

पार्टी सभापती खिम प्रसाद भूषालले नेपाली कांग्रेस जिल्ला पार्टी संगठनलाई भावनात्मक एकता कायम गर्न तथा पार्टीलाई दरिलो सशक्त रुपमा परिचालन गरि आगामी संघ र प्रदेशको चूनावमा विजय हासील गर्नका लागी उच्चस्तरीय सूझाव समितिले सकृय रुपमा काम गर्ने छ । कसैका विचमा संगठनको काम गर्दा कूनै तिक्तता भएमा एक आपसमा छलफल गरि मेटाउने काम गर्ने छ जस्ले पार्टी संगठनलाई जिवन्तता दिने कूरा वताउनू भयो ।
पार्टीलाई सकृय र जिवन्त वनाउनका लागी आजको वैठक सफल भएको कूरा पार्टी सचिव यूक्त प्रसाद श्रेष्ठले वताउनू भयो ।