२१ मंसीर
पर्वत । पर्वत जिल्ला भरी कार्य क्षेत्र भएको सामूदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिने सहकारी शिक्षा तथा शेयर सदस्यहरुका विचमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । फलेवास नगरपालिका वडा नं. ४ मूडिकूवामा अवस्थित शेयर सदस्यहरुका विचमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सहकारीले प्रदान गर्ने सेवा सूविधा तथा नियमीत वचत दर,सहकारीले दिने व्याजदर र लिने व्याजदर,सेवा क्षेत्र लगायतका विषयमा व्यापक अन्तरकृया भएको छ ।

उक्त अन्तरकृया कार्यक्रममा सहकारीका अध्यक्ष गणेश वहादूर क्षेत्री,उपाध्यक्ष जित वहादूर नेपाली,कोषाध्यक्ष पृथ्वीनारायण शर्मा,सचिव लिलाधर तिवारी लगायतले सहकारीको वारेमा जानकारी गराउनू भएको थियो ।
वि स २०५६ सालमा मूडिकूवामा स्थापना भएको उक्त सहकारीको ८०० जना भन्दा वढी शेयर सदस्य र ३ करोड भन्दा वढी शेयर पूजि रहेको छ ।