१२ मंसीर

तौल बढ्नु वा मोटोपन हुनु न स्वास्थ्यको दृष्टिले फाइदाजनक हो, न व्यक्तित्वको हिसाबले नै । मोटोपन कसरी घटाउने त ? यसका लागि डाइटिङले मात्र पुग्दैन । अर्थात खानामा कटौती गरेर मात्र मोटोपन घट्दैन ।

साथै यो सहि विधी पनि होइन, मोटोपन घटाउने । मोटोपन घटाउन खानाको प्रकृति र मात्रा परिवर्तन गर्नुपर्छ । यससँगै शारीरिक गतिविधिलाई समेत बढाउनु पर्छ ।

१. एकसाथ धेरै खाना खाने बानी हटाऔं ।

२. धेरै वोसोयुक्त, तारेको, मसलेदार खानेकुरा सेवन नगरौं ।

३. फास्टफूड एवं प्याकेट बन्दा खानेकुरा सेवन नगरौं । – कोल्ड डि्रंक पिउनु हुन्न, किनभने यसमा क्यालोरीको मात्रा धेरै हुन्छ ।

४. खाना खानु आधा घण्टअघि एक गिलास पानी पिउनुहोस् ।

५. बिहान नास्ता गर्नुहोस् । खाना छिटो-छिटो नखाने, बिस्तारै चपाएर खानुपर्छ ।

६. हरियो सब्जी, फल सेवन गरौं । तेलमा तारेको वा पकाइएको भन्दा उसिनेको खानेकुरा राम्रो हो ।

७. धरै समय एकै स्थानमा बस्ने, लामो समय सुत्ने वानी त्यागौं ।

८. दिनभर केहि न केहि काम गरौं । शरीरलाई सक्रिय राखौं ।

९. बिहान मर्निङ वाक र साँझमा पनि हिँडडुल गरौं ।

१०. संभव भएसम्म दौडने अभ्यास गरौं ।

११. हप्तामा एक पटक उपवास बस्ने अभ्यास गरौ । त्यसदिन केवल पानी, कागती पानी, दुध, जुस, सूप, सलाद र फल मात्र सेवन गरौ ।

१२. बिहान मनतातो पानीमा कागती मिसाएर सेवन गरौ ।