Migrants from Bangladesh rest in a room at the Interior ministry's al-Nasr housing center for illegal immigrants on August 31, 2016 in the port city of Zawiyah, located some 45 kilometres west of the capital Tripoli. Thousands of migrants are "racing against the clock" to make the perilous crossing from Libya to Europe before summer ends, with authorities in the conflict-torn country at a loss to stem the flow. / AFP PHOTO / MAHMUD TURKIA

१० कार्तिक

” सचिन्द्र श्रेष्ठ “ओ भाई अमेरिका जाने हो,अहिले जान सजिलो र छिटो पनि हुन्छ”बिहान बिहान सन्तोषको मोबाइलमा कुनै दलालले फोन गर्दछ ।”कति छ अमेरिकाको लागत” मिलाएर पठाउलानि,के चिन्ता लिनु पर्यो भाई,यो सम्बाद हो दलाल र संतोष बीचको जो आजकल हर कोही सपनाको देश अमेरिका जाने जो कोहीलाई पनि यसरी नै फोन या सन्देश आउने गर्दछ। हो ! यो नेपाल देखि हुने भारत होस् या द. अफ्रीका,तंज़ानिया, केन्या, किर्गिस्तान होस् जहाँ तहि यो मानब तस्करीको जालो संसार भरी एउटा महामारीको रुपमा फैलिएको छ ।

सहज जान नसके पछि मानिसहरू अहिले अबैध रुपमा जाने आउने क्रम बढ्दो छ, बिशेष गरी युबा यूबतीहरु त झन बढ़ी नै छ अमेरिका जाने यो अहिलेको समयमा ।आम मानिसमा बेरोजगारी या अमेरिकामा पाइने सेवा सुबिधा, पी आर, ग्रीन कार्ड,सुलभ जीबनयापनको लोभले पनि अमेरिका जाने लहरनै अहिले बढेको छ। भारत, थाईलैण्ड, इक्वेटर, कोलंबिया, पनामा हुँदै मेक्सिकोको कठिन बाटो हुँदै अमेरिका पुग्नु त्यति सहज पक्कै पनि छैन।दिन रात नसुति जंगल ,समुन्द्रको भोक प्यास छाड़ि अमेरिका जाने सपना को चक्कर मा केहि महीना पहिले बेनीको एक युबकको ज्यान समेत गएको छ।यसरी यति लामो यात्रामा कति त भोक प्यास साथै समुन्द्रको आधीमा मरनेको संख्या अनगिनती छ जसको कुनै रेकर्डनै पाइदैन न त उनिहरुको शब घर नै फिर्ता पठाउन सकिन्छ ।

अमेरिका जाने कति महिलालाई धमक्यार बलात्कार गरने या आस्वासन दिएर फकाई यौन क्रियाकलाप गर्न प्रेरित गर्ने गरेको जो त्यस्तो महिला बच्चा पेटमा बोकेर यस्तो कठिन यात्रा अनि लाश र पैसाको केहि नसोचि अमेरिका जानेको कमी पक्कै पनि छैन । नेपालमा रहेका साहू महाजन भनौ या ठुला ठुला बैंक, सहकारी पनि रोजगार वा नेपालमा नै केहि ब्यबसाय गर्छु भन्दा सहज पैसा दिदैन तर अमेरिका जान्छु भन्यो भने महँगो ब्याज लगाई घर खेत ,के के सम्पति छ धितो राखेर पैसा उपलब्ध गराएको पाइन्छ।यस्तो खालको समस्या बाट आम मानिस ग्रसित छन, न गाउँ न सहर कुनै ठाऊ खाली छैन आजकल हरेक घरमा एउटा युबा या युबति भेट्न सकिन्न बूढ़ापाकाले घर सम्हालेको अवस्था छ। स्वदेसमै रोजगारीको अबसर नहुँदा मौलाएको मानबतस्करीमा संलग्नहरुलाई गाउ घर समाज र तिनै समाजमा बस्ने मै हुँ भन्नेहरुले पनि देखो नदेखो गर्ने खासै चासो नदिदा पनि राजनीतिक आडमा यस्ता मानब तस्करहरु दिनहु लाखौं लाखको कारोबार अबैध रुपमा गरिरहेका छन ।धौलागिरी क्षेत्रको कुरा गर्ने हो भने कुश्मा बाग्लुङ र म्याग्दी र आसपासमा दिनहु जसो घर घरमै पुगेर अमेरिका लैजान्छु भन्दै पासपोर्ट माग्न हिंड्नेको ठुलै समुह सकृया छ। उचित दण्ड र सजायको कमी एबं पैसा र राजनीतिक संरक्षणले गर्दा सबैलाई थाहा हुँदा पनि स्थानिय स्तरमा त्यस्ता मनब तस्कारहरु खुले आम हिडिरहेका छन ।कुश्मा बजारकै कुरा गर्ने हो भने एक घर एक ब्यक्तीनै मानब तस्करको छायामा अबैध बाटो हुँदै अमेरिका र क्यानाडा जस्ता देशमा पुगेको देख्न सकिन्छ ।

२५-३० लाखमा डिल गरेर पनि अन्तिममा ५-७ छुट्टै असुल्ने ,घर परिवार माथि पनि बिभिन्न दबाब र झुट्टा आश्वासनले दिनहु सास्ती र ठगी गर्ने त्यस्ता मानबतस्कर बिरुद्द अहिले सम्म केही ठुलो सजाय र कदम चालेको जस्तो देखिदैन ।सबै मौन या बेखबर जस्तो देखिन्छन ।मानब अधिकारबादीहरु पनि अबैध बाटो बिभिन्न झुट्ट कुरामा पारेर ४०/५० ठगी गर्ने गिरोहले बाटोमा दिने पीडा र दु:खको बारेमा शायद ज्ञातनै हुनु पर्छ त्यस बिषयमा खासै बोलेको कही देखिदैन । यो मानब तस्करीमा अहिले नेपाली कला क्षेत्र पनि अछूत छैन भनेर फरक नपर्ला।केहि समय पहिले राजेन्द्र खड़की जेल परी सकेका छन भने अर्का निर्देसक सुदर्शन गौतम बिरुद्ध छानबिन चल्दै आएको छ। बागलुंगका सागर श्रीस (४४ जनाको६५लाख) म्याग्दीका लेक पुन(२२ जनाको ६४लाख)पनि संलग्न देखिन्छ। यो खालको प्रमुख जड़मा ठुला बड़ाको आशिर्बाद, पहुचवालाको मनोमानि,राजनितिक र पैसाको खेलले यस्ता क्रियाकलापमा संलग्नको अहिले सम्म न कुनै कारबाही न कुनै सजायनै भोगेको पाईएको छ।पैसा र पावरको दबदबा रहेको यो हाम्रो समाज आम मानिस पैसा र ठुलो सपना देखने सोचमा हरेक घरले जायज्याथा र ज्यान समेत फाल्नु परेको छ।यो समस्या कहिले सम्म हाम्रो समाज र देशले भोग्नु पर्ने हो जसको कुनै जवाफ नै छैन न त कुनै प्रहरी ,प्रशासनको दम नै ! मुखदर्शक जस्तो भएर बसेको छ सरकार।यसको समस्यामा आम मानिस जब सम्म सुरक्षा, अभियोजन, रोकथाम,भागीदारी जस्ता कार्यको सोच लिएर अगाडि बढ़दैन तब सम्म यो मानब तस्करीको रोग निको हुने वाला छैन।

पहिले पहिले भारतमा बालबालिका ,युबतिहरु नेपालको सिमाना बाट अनगिनती रुपमा यौन धन्दा ,डिस्को, रेस्टुरेन्टमा गएर काम गर्नेको कमी थिएन जसको पुरस्कार स्वरुप एड्स ,गनोरिया,यौन रोग लिएर नेपाल फर्कनेको ठुलो जमात नै थियो। जसको बिस्तारै गैरसरकारी तथा सरकारी निकायको गतिलो छानबिनका कारण केहि कम भएको थियो तर अहिले यो अमेरिका जाने मोहका कारण कुनै संख्या कमी आएको छैन।ललाई फकाई अमेरिका जान प्रेरित गरने ,ठगी गरी सोझा साझालाई फसाउने क्रम झन झन तिब्र रुपमा बढेको छ। सानो लोकल लेबलको दलाल देखि माथि सम्मको ठूलै पहुँचको पैसा र पावरका कारणले ति अबैध अमेरिका पठाउँने दलाललाई प्रहरी प्रशासनले कारबाहीको दायरमा ल्याउन सकेको छैन ।

स्थानीय दलालहरुले अमेरिका जान लालयित गर्ने र अमेरिका पुगे पछि त्यहीँ पनि दलालीको चक्करमा परी ४० लाख भन्दा बढ़ी रकम असुलि गर्ने देखिन्छ जून हाम्रे समाज छन । यूरोप तथा अहिले यूएईमा समेत पर्यटक भीसामा नेपाल बाट बोलाएर दलालले राम्रो काम दिने सोचमा अलपत्र पारेको देख्न सकिन्छ।यूएईमा बिभिन्न कार्यक्रम भए यो बिषयमा तर ठोस कदम कुनै देखिएको छैन। यूएईमा आएर ठगिएका यूबतिहरु डिस्को र यौन धन्दामा फस्नु परेको छ। अझै पनि आम मानिस यो मानब तस्करीको जालोमा फसेर पीड़ित भइ सधै बाच्नु भन्दा बेलैमा त्यसको बिरुद्ध आवाज निकालन नसकियो भने यसले ठुलो नेपाली जन धनको क्षति नपुराउला भन्न सकीन्न।