असोज २४
पर्वत । पर्वतको जलजला गाउँपालिका ३ मल्लाजमा छायाँकन गरिएको चलचित्र छक्का पञ्जा ३ आज बाट प्रर्दशनमाआएको छ । जलजला गाउँपालिका ३ को ऐतिहाँसिक मल्लाजन दरवारमा एक सातासम्म उक्त फिल्मको छाँयाकन गरिएको हो ।
देशका विभिन्न ठाउँ छायाँकन गरिने उक्त फिल्ममा मल्लाज क्षेत्रलाई पनि समेटिएको फिल्म निर्माण पक्षले जनाएको छ । यसवर्षकै सर्वाधिक प्रतिक्षित मानिएको चलचित्र छक्का पञ्जा ३ आज बाट ‘अल नेपाल’ प्रदर्शनमा आएको छ ।
नेपाली चलचित्र सधैँ शुक्रबारबाट प्रदर्शनमा आउने भए पनि दसैंको घटस्थापनालाई केन्द्रित गर्दै चलचित्र आजबाट प्रदर्शनमाआएको हो । चलचित्र छक्का पञ्जा ३ मा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाई, लक्ष्मी गिरी,शिवहरि पौडेल, विल्सन विक्रम राई, निर शाह, यमन श्रेष्ठ, किरण केसी, शारदा गिरी, लगायतका कलाकारहरु मुख्य भूमिकामाप्रस्तुत भएका छन् ।
चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, सञ्जोग कोइराला, स्वस्तीमा खड्कालगायतका कलाकारहरुलाई समेत विशेष भुमिकामाप्रस्तुत गरिएको छ । दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । चलचित्रमाअर्जुन पोखरेल र दिपक शर्माको संगीत छ । चलचित्रमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने चलचित्रको सम्पादनविपिन मल्लले गरेका हुन् । चलचित्रको कथा दिपकराज गिरीले लेखेका हुन् भने डाइलग भने दिपकराज गिरी, केदार घिमिरे,जितु नेपाल र यमन श्रेष्ठले तयार गरेका हुन् ।
चलचित्रलाई मानकृष्ण महर्जन र श्रीबहादुर लामाले संयुक्त रुपमा खिचेका हुन् । दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे,दिपेन्द्र खनिया, सुमन गिरी (भान्जा), शिवहरी पौडेल, किरण केसी, ताराचन्द्र बजगाईँ, पुरुषोत्तम प्रधान, केशव न्यौपानेचलचित्रका निर्माता हुन् ।









