१५ असोज
यदि तपाइँ विहान अवेर सम्म सुत्नु हुन्छ र विहान उठ्न कठिन हुन्छ भने सावधान हुनुस् । यस्तो बानीले तपाइँलाई छिट्टै गम्भिर स्वास्थ्य समस्या पैदा हुन सक्छ ।
यदी तपाइँलाई विहान उठ्न कठिन हुन्छ भने तपाइँलाई यी रोगको समस्या हुन सक्छ ।
शोधकर्ताहरुका अनुसार–
- १– जुन ब्यक्ति विहान अवेर सम्म सुत्छन् उनीहरुको दिमागमा निराशा बढि हुन्छ । उनीहरुमा आत्महत्याको भावना समेत प्रवल हुन्छ
- २– जुन ब्यक्ति दोपहरमा अर्थात दिउसोको समयमा सुत्छन् उनीहरु मोटोपनको शिकार हुन्छन् ।
- ३– ढिलो सम्म सुत्ने ब्यक्तिको पाँचन प्रणाली समेत विग्रिन सक्छ । पेट सम्बन्धि रोगले सताउन सक्छ ।
- ४– यदि तपाइँ घुर्नु हुन्छ र स्वास रोकिएर रातमा पटक/पटक ब्युझिँनु हुन्छ भने तपाइँलाई स्लीप एपनियाको शिकार हुनु भएको छ ।
- यस्ता ब्यक्ति पनि विहान ढिलो सम्म सुतेपनि निद्रा नपुगेका जस्ता देखिन्छन्।









