८ असोज
पोखरा । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटननै आर्थिक उपार्जनको सबैभन्दा महत्वपूर्ण अंग भएको बताएका छन् । सोमबार पोखरा पर्यटन परिषद्को अधिवेशन लाई सम्बोधन गर्दै मन्त्री लम्सालले पर्यटन बाटनै मुलुकलाई उन्नती र प्रगतिको दिशमा उन्मुख गराउन सकिने बताए ।
अग्ला र मनोरम हिमशृङ्खला, जैविक विविधतायुक्त भौगोलिक बनावट, तालतलैया,शाहशिक पर्यटन,परम्परागत कला र मौलिक संस्कृति गण्डकी प्रदेश पर्यटन विकासका आधारहरु भएको बताए । यसका साथै ऐतिहासिक र पुरातात्तिक महत्व बोकेका धार्मिकस्थललाई समेटेर धार्मिक पर्यटन, ठूला नदीर्मा याफ्टिङ र अग्ला झरनामा साहसिक क्यानोइङको समेत उत्तिकै सम्भावना बोकेको गण्डकी प्रदेशलाई पर्यटकीय हवको रुपमा विकास गर्ने बताए । मन्त्री लम्सालले पर्यटन क्षेत्र गण्डकी प्रदेशको विकासको मेरुदण्ड रहेको बताए । धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको गण्डकी प्रदेशको बिकासका लागि सरकार लगायत निजि क्षेत्रको समेत महत्वपुर्ण भुमिका रहनुपर्ने उल्लेख गरे ।
लम्सालले पोखरालाई मंसिरसम्ममा पर्यटनको राजधानी घोषणा गरिने बताए । पोखरालाई पर्यटनको राजधानी बनाउने तयारी सुरु भएको र मंसिर मसान्तसम्ममा राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा घोषणा गरिने बताए । उनले पोखरालाई पर्यटनको राजधानी बनाउनका लागि पहिले पूर्वाधार निर्माण गर्नुपर्ने बताउँदै त्यसपछि सातै प्रदेशको सम्मेलन गरेर त्यहाँ गण्डकी प्रदेश सरकारको तर्फबाट पोखरालाई पर्यटनको राजधानी बनाउन प्रस्ताव गर्ने र सबैको सहमतिमा पारित गर्ने बताए । सातै प्रदेशको सहमतिपछि संघीय सरकारको मन्त्री परिषद बैठकबाट निर्णय गराउने तयारी भएको समेत उनको भनाई थियो ।
प्रदेश सरकारले उर्जा,पर्यटन,कृषि,उद्योग लाई प्रथामिकतामा राखेर बजेट समेत ल्याएको बताउदै दिनानुदिन बिदेश प्लायन भईरहेका युवाजनशक्तिहरु लाई उर्जा,पर्यटन,कृषि,उद्योग लगाएतको माध्ययम बाटनै स्वरोजगार प्रदान गर्दै बिदेश प्लायन रोक्न सकिने धारणा राखे ।
सोही अवसरमा मन्त्री लम्सालले पानी र जवानी लाई समयमै छोप्न नसके मुलुकले विकासमा फड्को मार्न नसक्ने बताए् । “नेपालमा असिम नदी र खोलाहरु छन् ती बगेका नदी लाई छोपेर जहिँले सम्म उपभोग गर्न सकिदैन मन्त्री लम्सालले भने” त्यहिँले सम्म मुलुकले समृद्धि हासिल गर्न सक्दैन । मन्त्री लम्सालले दिनानुदिन यूवा जनशक्ति बिदेश प्लायन भईरहदा देशमा दक्ष जनशक्तिको अभाव हुन थालेको बताए । ‘जोवानीका युवाहरुलाई हामि स्वेदेशमै रोजगारको व्यवस्था गर्न जहिँले सम्म सकिदैन त्यहीँले सम्म मुलुक उन्नती र प्रगतिको दिशमा लम्कन सक्दैन मन्त्री लम्सालले” भने हामी बगेको पानी र जोवानी लाई समयमै प्रयोगमा ल्याउन सक्नुपर्दछ” । मन्त्री लम्सालले नेपाल जलस्रोतको दोस्रो धनी देश भएर पनि जलस्रोतको यथोचित उपभोग गर्न नसक्दा मुलुक पछाडी परेको बताउदै जलस्रोतको भरपुर उपभोग गरेर देशलाई सम्पन्नशाली बनाउनुपर्ने बताए ।
‘नेपालका प्राकृतिक स्रोत साधन र यहा“को जलवायुलाई हेर्ने हो भने विश्वकै अग्रपङ्तिमा पर्दछ मन्त्री लम्सालले भने ”यी अनगिन्ती प्राकृतिक स्रोत र साधनलाई उपयोग गर्दै जनताका आधारभूत आवश्यकताहरु लाई पुरा गर्न सकिने बताए । नेपालमा भएको यो अपार जलस्रोतलाई परिचालन गरी बिधुत उत्पादन गरी नेपाललाई गरिब देशको सूचीबाट माथि उठाएर विश्वको धनी मुलुक बनाउन सकिने बताउदै ठूलो जलविद्युतको प्रचुर सम्भावना भएको देशको कायापलट हुन कत्ति बेर नलाग्ने बताए ।
सोही अवसरमा प्रदेशसभा सदस्य राजिव पहारी,नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणी लामिछाने,कास्की उद्योग वाणिज्य सघंका अध्यक्ष दामु अधिकारी लगाएतले बोलेका थिए ।
उक्त कार्यक्रममा ईन्डोनेसियामा आयोजित साफ च्याम्पेन्सिप प्याराग्लाईडिङ्गमा स्वर्णपदक दिलाउन सफल नेपाली खेलाडीहरु लाई सम्मान गरिएको थियो ।









