असोज ४
ठमाडौं । आर्थिक वर्षको समाप्तिसँगै नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत कम्पनीहरुले गतवर्षको नाफाबाट लाभांश घोषणा गर्ने लहर चलेको छ ।
लाभांश प्रस्तावसहित कतिपय कम्पनीले साधारण सभा पनि बोलाउन सुरु गरिसकेका छन् । थोरै कम्पनीले मात्रै साधारणसभाबाट लाभांश पारित गरेपनि अधिकांश कम्पनी लाभांश प्रस्तावसहित साधारणसभा डाक्ने तरखरमा छन् ।
विगतका वर्षमा चुक्तापूँजी पुर्याउनु पर्ने बाध्यताले बोनस सेयरमा जोड दिएको भएपनि अहिले कम्पनीहरुले बोनससहित नगद लाभांश पनि प्रस्ताव गरेका छन् । यस्तैमा हालसम्म १४ लघुवित्त कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् ।
अघिल्ला वर्षको तुलनामा लघुवित्त कम्पनीहरुको लाभांशमा केही कमी आएको देखिन्छ । १४ लघुवित्त कम्पनीहरुमध्ये फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्था, फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाले नगद लाभांश मात्रै प्रस्ताव गरेका छन् । बाँकी लघुवित्तले बोनस प्रयोजनका लागि केही प्रतिशत नगद र बोनस सेयर प्रस्ताव गरेका छन् । कम्पनीका सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नियामक निकाय राष्ट्र बैंकको स्वीकृती र सम्बन्धित कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।









