१७ भदौ
गोरखा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राजश्व संकलनको नाममा नागरिक आतंकित हुने गरी कर असुल गर्न नहुने बताएका छन् ।

मन्त्रालयको आयोजनामा आइतवार गोरखा सदरमुकाममा आयोजित आर्थिक बर्ष २०७५/७६ को बजेट कार्यान्वयन बिषयक स्थानीय तह सँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले अनावश्यक रुपमा कर असुल गर्नु गलत भएको बताए । ‘कर लगाउनुपर्छ तर राजश्व बढाउने नाममा अनावश्यक बिषयमा कर लिनु हुन्न, उनले भने, ‘सरकारले नागरिकलाइ दिने सामाजिक दायित्वका कुरा हुन्छन् त्यसमा निशुल्क सेवा दिनुपर्छ त्यस्तो कुरामा कर लगाउनु गलत हो ।
तर प्रत्येक नागरिकले आवश्यक बिषयमा सरकारलाई कर तिनुपर्ने उनको भनाइ छ । ‘कर छल्ने मानसिकता अझै पनि हामीमा छ, तर यस्तो गर्नु गलत हो, राज्यलाइ सबैले कर तिर्नुपर्छ तर राज्यले पनि अनावश्यक रुपमा कर असुल गर्न हुन्न,’ मन्त्री गुरुङले भने । वजेटका लागी कर र राजश्व मात्र संकलन गरेर नभइ नीजि क्षेत्रलाइ पनि समावेश गर्नुपर्ने उनले बताए ।

कार्यक्रम पश्चात पत्रकार भेटघाटमा बोल्दै मन्त्री गुरुङले केन्ऽीय सरकारले प्रदेशलाई पर्याप्त वजेट नदिदा राजश्व बाडँफाटँमा समस्या भएको बताए । पर्याप्त वजेट उपलब्ध नहुँदा योजना कार्यान्वयनमा समेत समस्या भएको नको गुनासो छ । ‘७० प्रतिशत बजेट संंघले राखेको छ, योजना र कार्यक्रम चाही पठायो तर बजेट पठाउन भने कन्जुस्याइ गर्‍यो,’ उनले भने ।