५ भदौं
काठमाडौं : गीतकार एवं गायक सुनील बर्देवाको सम्झनामा सुनोद श्रेष्ठले उनको कम्पोजमा रहेको गीत रिमेक गरी म्युजिक भिडियो ल्याएका छन्। बर्देवाले कम्पोज गरेको ‘चुलेसी’ मा बोलको गीत सञ्जीव सिंहले गाएका हुन्।
गीतमा प्रकट पंगेनी ‘शिव’ को शब्द छ। सुनोद श्रेष्ठले निर्देशन गरेको भिडियोमा उनी आफै र मोडल एन्जि मुल्मी श्रेष्ठले अभिनय गरेका छन्।
भीम गोपाल इन्टरनेन्टमेन्टले निर्माण गरेको भिडियो अस्ट्रेलियाको मेल्बर्नमा छायांकन गरिएको छ।
´गीत आएको १८ वर्षपछि आदरणीय सुनील दाइको सम्झनामा भिडियो रिमेक गरिएको हो´, सुनोदले भने।
सुनोदले ‘बिर्सन सक्दिनँ’, ‘सात समुन्द्र पारी’ लगायत आधा दर्जन गीतको भिडियो रिमेक गरेका छन्।
‘गोरेटो अनि उस्तै छ गल्ली’, ‘बिहानीमा नि साँझमा नि’ लगायत थुप्रै चर्चित गीत गाएका सुनील बर्देवाको ४४ वर्षको उमेरमा २०७३ भदौमा निधन भएको थियो।
भिडियो हेर्नुस्ः
https://youtu.be/65pAn__Aikc









