साउन १६ पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले नेकपाका अध्यक्ष प्रचण्डलाइ काउण्टर अट्याक्ट गरेका छन् । प्रचण्डले नेपाली काँग्रेस सकियो, अब मण्डलामा मात्रै सिमित भयो भनी केहि दिन अगाडी दिएको अभिव्यक्तिमाथि प्रहार गर्दै जोशीले भने “ पार्टी त तपाइले सक्नुभयो, केहि सिप नलाएर अरुसँग विलय गराउनु भयो” हामी त शक्तिशाली छौं । माइतीघर मण्डलामा मात्रै होइन नेपाली काँग्रेस देशभर छ ।मंगलबार देशभर ओली सरकार विरुद्ध नेपाली काँग्रेसले गरेको विरोध प्रर्दशन अन्तरगत कुश्मा बजारमा सम्बोधन गर्दै नेता जोशीले सो कुरा बताएका हुन् । उनले सरकार अधिनायकबाद बन्दै जाने हो भने ओली सरकारलाई नेपाली जनताले राजा फालेझै फाल्ने चेतावनी समेत दिए ।
दुइ तिहाइको बहुमत भएको सरकार मन्त्रीको पद जोगाउन सकेन किनकी जनता जागे मन्त्रीको पद गयो । ओलीले पनि जनता जाग्नेगरी अधिनायकबाद नलाग्न उनले चेतावनी दिए । देशभर जब राजाको अधिनायकबादले सिमा नाग्यो, चोकचोकमा भएको राजाका शालिकहरु तानेर फालियो, राजालाइ घुणा टेकाइयो । ओली सरकारले पनि त्यस्तै चाहेको हो ? उनले भने ।

अब जनता जागिसकेका कारण सरकारले आफ्ना काम कारवाही नागरिकको हितमा हुने गरी गर्न सुझाब समेत दिए ।