१६ साउन
कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–२ स्थित कुम्भीयामा बस्ने एक महिलाले आफ्ना ४ बर्षिय छोराको हत्या गरी आत्महत्या गरेकी छन् ।
कुम्भीयाकी महिला सीतादेवी डगौरा थारुले छोरा संकेत डगौरा थारुको हत्या गरेर आत्महत्या गरेकी हुन् । उनले सोमबार कोठाभित्र छोरालाई पासो लगाएर झुण्डाएपछि आफू समेत झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बौनियाँले जनाएका छ ।
सीतादेवीका श्रीमान लालबहादुर डगौरा थारुले ढोका लगाएर झुण्डिएको अवस्थामा शव फेला पारेको बताएका छन् । ठूलो पानी परिरहेको बेला आफु गोठमा राँगालाई घाँस खुवाउँन लगेको बेला उक्त घटना भएको उनले बताए ।
राँगालाई घाँस खुवाउँइ सकेपछि कोठाभित्र जाँदा भित्रबाट बन्द गरेको थियो उनले भने बोलाउँदा समेत ढोका नखुलेपछि फोडेर हेर्दा भित्र छोरा र श्रीमती झुण्डिएको अवस्थामा फेला परे । उनीहरुको २०७० सालमा बिहे भएको थियो ।









