१४ साउन
बलिउड अभिनेता अभिनेता सलमान खान उमेरले ५० वर्ष नाघिसकेका छन् । तर उनले अहिलेसम्म विवाह गरेका छैनन् । उनका प्रेम सम्बन्धका किस्सा निकै चाख लाग्दा छन् । उनका प्रेमीकाहरु गन्ने हो भने लामै लिस्ट बन्छ ।

संगीता बिजलानी,ऐश्वर्या राय बच्चन, कट्रिना कैफ लगाएतका अभिनेत्रीहरु उनको जीवनमा आए तर सम्बन्ध विवाहमा परिणत हुन भने सकेन । तर अझै पनि उनलाई चाहने भने कमि चाही छैन् । विभिन्न मौकाहरु पारेर उनलाई प्रेम प्रस्ताव राखिरहेका हुन्छन् ।

यस्तै उनीसँग विवाह गर्न चाहने एक बलिउड अभिनेत्री रहेकी छिन्, जो उमेरले मात्र २४ वर्षकी हुन्। २४ वर्षीया उर्वशी रौटेलाले एक अन्तर्वार्ताका क्रममा आफूले नायक सलमान खानसँग विवाह गर्न चाहेको बताएकी हुन् । एजेन्सी