१३ साउन
पर्वत । चाउचाउ पकाउने क्रममा जलेर पर्वतमा एक बालकको मृत्यु भएको छ । पर्वतको मोदी गाऊँपालिका – ६ तिलाहारका ११ बर्षिय बालक एञ्जलजंग लामिछानेको मृत्यु भएको हो । साउन ६ गते चाउचाउ पकाउन ग्याँस बाल्ने क्रममा शरीरमा आगो सल्किएर गम्भीर घाइते भएका लामिछानेको काठमाडौं किर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चाउचाउ पकाउन ग्याँस बाल्ने क्रममा खुल्लै छाडेर सलाई खोजेर बाल्ने क्रममा शरीरमा आगो सल्किएको स्थानीयले बताए ।
घाइते भएका बालक लामिछानेलाई उपचारका लागि पोखरा लगिएको थियो भने थप उपचारका लागि किर्तीपुर अस्पतालमा पु-याइएको थियो । लामिछाने स्थानिय नवजागृत माबि तिलहारमा ५ कक्षामा अध्ययनरत थिए । मृतकका बूवा लोकेन्द्रजंग लामिछाने साविकको तिलहार गाबिसका पुर्व अध्यक्ष,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतका जिल्ला नेता तथा नवजागृत माबि तिलहारका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हुन ।
लामिछानेको निधनमा बिद्यालयले शोक मनाएर एक दिन आइतबार बिद्यालय बन्द गरेको प्रधानाध्यापक बिष्णुप्रसाद सुबेदीले जानकारी दिए । मृतक लामिछाने एक मात्र छोरा हुन । उनका दुई दिदी रहेका छन ।









