१० साउन
पर्वत । छोरीको जन्मदिनको खर्च कटाएर यहाँका एक दम्पतीले गाउँको मंगोलदय मा वि मा अक्षकोष स्थापना गरेका छन् । रोजगारीको शिलशिलामा हाल अमेरिका रहेका कुश्मा नगरपालिका–८ का विनोद जिसी र शोभा जिसी पौडेलकी छोरी एन्जलेन जिसीको जन्मदिनको खर्च कटाएर गाउँको विद्यालयमा २ लाख ५० हजार ३ सय प्रन्ध रुपैयाको अध्यक्षकोष स्थापना गरेका हुन् । बालबालिकाको शिक्षामा थप सुधार होस् भन्ने उद्देश्यले सञ्चालन गरेको “बुनु बाबु सानु नानी” अक्षयकोष स्थापना गर्ने कार्यमा पारिवारिक तर्फबाट पचास हजार र बाँकी रकम केही योगदान गरौ” भन्ने उद्देश्य राखी चाईल्ड फण्ड एजूकेशन सन्चालनमा उक्त कोषमा थुप्रै नेपाली तथा बिदेशी साथीहरुबाट संकलित अमेरिकि डलर १७२६ र बाँकी अपुग रकम पुन परिवार बाट नै थप गरी बुधवार विद्यालयका प्रधानाध्यापक नागेश्वर उपाध्यायलाई हस्तान्तरण गरिएको छ ।

उक्त रकम बुवा कृष्ण जिसी आमा मिना जिसि मार्फत हस्तान्तरण गर्नुभएको हो । रकम विद्यालयको स्वामित्व रहने गरि कुमारी बैकमा जम्म गरिएको छ । जम्मा भएको रकमको व्याजवाट विद्यालयको शैक्षिक गतिविधीमा विशेष गरी शिशु स्याहार र कक्षा एकमा रहेका बालबालिकाको लागि खर्च गरिने जनाईएको छ । उक्त अक्षकोषमा अन्य थप रकम जम्म गरि विद्यालयको शैक्षिक गुढणस्तर बृद्धि गर्ने परिवारले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक नागेश्वर उपाध्यायले विद्यालयको शैक्षिक गुणस्तरप्रति जिसी परिवारले देखाएको माया र सद्भावप्रति आभार व्यक्त गर्नुभयो ।
आमा शोभा जिसीले छोरी एन्जलेन जिसीको ४ औँ जन्मत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गरि आफ्नो छोरी जस्तै अरुका छोरा छोरीको अनुहार पनि खुशी देख्न चाहेको जानकारी दिनुभयो । साथै उहाँले अक्षयकोष स्थापनामा सहयोग पु-याउने सहयोगी सवै प्रति आभार व्यक्त गर्नूभएको छ ।