१० साउन
काठमाडौं । बिहिबारबाट मन्त्रिपरिषदको बैठक कागज बिहिन बनेको छ । प्रधानमन्त्री सहित मन्त्रिपरिषदका सबै सदस्यहरुलाई ल्याप्टप बाटै मन्त्रिपरिषदको निर्णय राख्ने व्यवस्था गरेसँगै ओली सरकारले नयाँ फड्को मारेको हो ।
देशलाई प्रविधि मैत्री बनाउने ओली सरकारको योजना अनुरुप मन्त्रिपरिषदमा सुरुवात गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाकार बिष्णु रिमालले ‘आजबाट मन्त्रिपरिषदको बैठक कागज बिहिन हुँदै’ भन्दै ट्विटरमा तस्विर सार्वजनिक गरेका छन् ।









