k|wfgdGqL cf]nL cGt/lqmofdf g]skfsf cWoIf Pj+ k|wfgdGqL s]kL zdf{ cf]nL d+unaf/ kf6L{ g]skf kf6L{ s]Gb|Lo sfof{no w'Daf/fxL sf7df8f}Fdf k|]; rf}tf/L / k|]; ;]G6/ g]kfnåf/f cfoflht cGt/lqmofdf dGtJo JoQm ug'{x'Fb} . ;fydf g]skfsf cWoIf k'iksdn bfxfnnufot . tl:a/ M /Tg >]i7, /f;;

९ साउन
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले सञ्चार माध्यममा प्रभावकारी हस्तक्षेप गर्न पार्टी निकट पत्रकारलाई निर्देशन दिएको छ । मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल निकट पत्रकारलाई नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डले डाक्टर गोविन्द केसीको अनसनको बिरुद्ध शसक्त कलम चलाउन निर्देशन दिएका हुन ।

सरकारलाइ कमजोर बनाउन केही तत्व लागेको भन्दै त्यस्ता तत्वलाइ निस्तेज पार्न दुबै अध्यक्षले आग्रह गरे । अत्यन्तै कडा सुरक्षा र भिडियो, तस्बिर खिच्न मनाही गरिएको कार्यक्रममा प्रधानमन्त्री ओली तथा अध्यक्ष प्रचण्डले पार्टीको पक्षमा लेख्ने, सरकारको प्रचारप्रसार गर्ने मिडियालाइ बिज्ञापन दिने आश्वासन दिएको स्रोतले जनाएको छ ।

पछिल्लो दिनमा गोविन्द केसीको आमरण अनसनले दबाबमा परेको सरकार र प्रधानमन्त्री ओलीले खुलेर डाक्टर केसिको बिरोध गर्न आफ्ना निकट पत्रकारलाइ आग्रह गरे । २५ दिनदेखी डाक्टर केसीको जारी अनसन र नेपालमा मुख्य मिडियामा काम गर्ने सम्पादकले जनाएको केसीको अनसनप्रतिको ऎक्यबद्द्ताले अतालिएको उनिहरुले दिएको निर्देशनले पुष्टि गरेको छ ।

सरकारी निकायमा काम गर्ने आफू निकटका पत्रकार, सरकारका सूचना तथा सञ्चार प्रविधी मन्त्री गोकुल बास्कोटा, गोरखापत्रका श्री ओम श्रेष्ठ, राससका महाप्रबन्धक ओपेन्द्र शर्मा, एनटिभीका पत्रकार लगायत अन्य नीजि मिडिया- कान्तिपुर, नागरिक, अन्नपूर्ण, नयाँ पत्रीका लगायतमा काम गर्ने नेकपा निकट पत्रकार सहभागी थिए ।

मिडियामा प्रभावकारी हस्तक्षेप गराउने योजना बनाउन नेकपाका महासचिव बिष्णु पौडेलले कार्यक्रम आयोजना गरेको प्रेस चौतारी निकट स्रोतले जनायो ।

सरकार पछिल्लो दिन स्वेच्छाचारी हुँदै गएको, तानाशाही प्रवृत्ति देखाएको काम भन्दा बढि कुरा गर्ने गरेको र जनताको मुल समस्या समाधान गर्न नलागी एकलौटी ढंगले चलेको भन्दै सडकमा नागरिक अगुवा निस्कन थालेपछि मिडिया हस्तक्षेप गर्ने सरकारले नीति लिएको हो ।