८ साउन
पर्वत । अमर टिका फाउण्डेशन नेपाल र स्व.टिका बहादुर प्रसाँईको सातौं स्मृति दिवस तथा तेस्रो सधारण सभा मंगलबार सम्पन्न भएको छ । समपन्न तेस्रो साधारण सभाले जिल्लामा कृयाशिल रोटरी क्लव अफ पर्वत, ईनरह्वल क्लव,रोटयाक्ट् र अमर टिका फाउण्डेशनको संयुक्त लगानीमा एम्बुलेन्स खरिद सहित सञ्चालन गर्ने निणर्य गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद अर्जुन प्रसाद जोशीले स्वार्गिय टिका वहादूर प्रसार्इले समाजमा गरेका कार्यहरुको प्रशसा गर्दै श्रद्धा सूमन व्यक्त गर्नु भयो । उहां एक निडर प्रजातन्त्रवादी हूनूहुन्थ्यो , नेपाली कांगेसलाई संकट पर्दा उहांले ठूलो सहयोग गरेको प्रसंग उठाउदै आज देशमा जनमतको नाममा निर्दलीय शासन शूरुहुन थालेको धारणा राख्नू भयो । ईमान्दार चेलीहरुलार्इ उच्च शिक्षा हासील गर्न जानेहरुलार्इ शरिर संग शैक्षिक प्रमाण पत्र साटेको नेपाल सरकारका जिममेवार मन्त्रीले अभिव्यक्ति दिन्छन् भने कहां छ नारी सम्मान, ने क पा ले जनमतको दूरुपयोग गर्ने खतरा वढेको धारणा राख्नू भयो । लोकतन्त्रमा जनता देखी सरकार डराउन पर्ने हो तर यहां सरकार देखी जनता डराएका छन् । यस्तो अवस्थामा कसरी लोकतन्त्रको संस्थागत विकास हून्छ भन्दै सरकारको आलोचना गर्नु भयो । उहांले अमर टिका फाउण्डेशनले दूखी विपन्न परिवार लाई आज जसरी सहयोग गरेको छ भोली पनि यसरी नै सहयोग गर्दै जानेछ भन्ने शूभकामना व्यक्त गर्नु भयो ।
सो अवसरमा अमर टिका फाउण्डेशन नेपाल र स्व.टिका बहादुर प्रसाँईको सातौं स्मृति दिवसको अवसर पारेर आगलागी समस्यामा परेका २ जनालाई सहयोग स्वरुप १० हजार प्रदान गरिएको थियो । यस्तै मृगौला सम्बन्धि समस्या भएका,दिर्घरोगी,प्यारालाईसस जस्ता समस्याहरुवाट पिडित भएका १२ जना मध्य प्रत्यकलाई ७ हजार सहयोग गरिएको थियो ।

आर्थिक सहयोग पाउँनेमा पर्वत घर भएका कृष्ण बहादर जि.सी,अमृता कुमारी शर्मा,थमन वि.क,प्रमोद परियार,अर्जुन गौतम,अनिल वि.क,धर्मराज शर्मा,याम बहादुर नेपाली,सुमन अधिकारी,तिलक वहादूर पून र राममाया रेग्मीलाई उपचारका निम्ती सहयोग गरिएको हो ।
कार्यक्रममा उपस्थित सरोकालवालाहरुले स्वर्गीय टिका बहादुर प्रसाँईले समाजमा निर्वाह गरेका निस्वार्थ सेवाको र सहयोगको प्रसंसा गरेका थिए । स्व.टिका बहादुर प्रसाँईले ४२ बर्ष सम्मको जीवन शिक्षण पेशामा समर्पित गरेका ब्यत्ति हुन । उनले समाजमा रहेका नागरिकलाई निस्वार्थ भावनाले सहयोग गर्दै आएका थिए । उनी गत २०६७ साउन ७ गते मृगौला,सुगर र ब्लडप्रेसर जस्ता रोगको कारण निधन भएको हो । अमर टिका फाउण्डेशन नेपालका अध्यक्ष विश्व प्रकाश प्रसाँईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली काँग्रेसका पार्टी सभापति खिम प्रसाद भूसाल,स्वर्गीय स्व.टिका बहादुर प्रसाँईकी श्रमिती जोगमाया प्रसाँई,पत्रकार महांसघका अध्यक्ष छविलाल तिवारी,लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेश बहादुर क्षेत्री,नेष्डो नेपालका अध्यक्ष रत्न प्रसाद अधिकारी, रोटरी क्लव अफ पर्वतका अध्यक्ष सावित्रि खत्रि क्षेत्री रोटयाक्ट् क्लवका संस्थापक अध्यक्ष मोहन आचार्य,, र ईश्वरी प्रसाद शर्मा लगायतले बोलेको प्रेस युनियनका सचिव उत्तम अधिकारीले जानकारी दिनुभयो ।