८ साउन
कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महाकाली नगरपालिका–१ की ६ वर्षीय अस्मिता सुनार रहेको प्रहरीले जानएको छ।
सोमबार नदीमा नुहाउने क्रममा सुनारेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । नदीमा डुबेकी उनलाई तत्कालै उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्रमा पुरयाइएपनि उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।









