६ साउन
पर्वत । पर्वतको कुश्मा नगरपालीका वडा नम्बर २ खुर्कोटका एक व्याक्ति मृत फेला पर्नुभएको छ । खुर्कोटका अन्दाजी ६६\६७ बर्षका बलबहादुर नेपाली अर्मादी बयरबोट भन्ने स्थानमा मृत अबस्थामा भेटिनुभएको हो ।
स्थानीयले बाटोमा लडिरहेको प्रहरीलाई जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेर हेर्दा नेपाली मृत फेला पर्नुभएको थियो । घटना स्थलको मुचुल्का तथा प्रारंम्भिक अनुसन्धान कार्य पछि मृतकको पोष्टमार्टमको लागी जिल्ला अस्पताल पर्वतमा राखीएको छ । थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यस्तै पर्बतको मोदी गाँऊपालीका वडा नम्बर ६ बस्ने बर्ष ६८ की धन कुमारी लामीछाने पनि मृत फेला पर्नुभएको छ । बिहान आफ्नै घरबाट हराएकोमा खोजतलास गर्दै जादै विहान ११ बजेको समयमा मोदी खोलाको किनारमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
देउपुर प्रहरी चौकींबाट प्रहरी सहायक निरीक्षक भुबन बरामको कमाण्डमा ४ जनाको टोली खटि घटना स्थमामा गई घटना स्थल मुचुल्का समेतको कार्य पुरा गरी लास पोष्टमार्टमको लागी जिल्ला अस्पताल पर्बतमा ल्याइएको श्रेष्ठले बताउनुभयो ।









