४ साउन
पर्वत गतसाताको अविरल बर्षाबाट घरबासविहीन भएका र आफन्त गुमाएका जलजला गाउपालिका वडा नं ७ र ८ का पहिरोपीडितहरुलाई आजपनि थप राहात सहयोग हस्तान्तरण गरिएको छ । पीडितहरुलाई नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाले त्रिपाल, लत्ताकपडा र भाडाकुडा वितरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाका सभापति रुद्रबहादुर रिमाल र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार शाखाका लेखाअधिकृत इश्वरी पन्तले पीडितहरुलाई अपुग भएको लत्ताकपडा, त्रिपाल र भाडाकुडा हस्तान्तरण गर्नुभएको थियो ।
यसैगरि आजै नेपाली काग्रेस पर्वत काठमाडौ सम्पर्क समितिले पनि नगद २५ हजार रुपैया पीडितहरुलाई हस्तान्तरण गरेको छ । राहत वितरण कार्यक्रममा नेपाली का“ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेपाली काग्रेस पर्वतका सभापति खिमप्रसाद भुसाल, नेपाली काग्रेस पर्वत काठमाडौं सम्पर्क समितिका अध्यक्ष ओम शर्मा चापागाई र सचिव इश्वरी पन्तले उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो । राहत वितरण कार्यक्रममा पीडितहरुले आफूहरुलाई तत्काल सुरक्षित बास र खानलाई गासको व्यवस्था गरिदिन माग गरेका थिए । काग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पीडितहरुको माग बमोजिम राज्यका विभिन्न निकाय र अन्य संघसंस्थाहरुस“ग छलफल गरि थप राहत र सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको थियो । नेता जोशीले आफू काठमाडौको पार्टी बैठक छोडेर पीडितहरुको राहतका लागि जुटिरहेको समेत जानाकारी दिनुभयो ।
त्यसैगरि रेडक्रस सभापति रुद्रबहादुर रिमाल र पका अध्यक्ष ओम शर्मा चापागाईले पनि भोलिका दिनमा थप सहयोग उपलब्ध गराउन निरन्तर पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रममा जलजला गाउपालिका वडा नं ८ का वडाअध्यक्ष हरिविकास जिसीले पीडितका नाममा सहयोगी दाताहरुबाट प्राप्त भएको राहत एकद्वार प्रणालीबाट वितरण गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । वडा अध्यक्ष जिसीले पीडितहरुको सुरक्षित बास र गासका लागि विभिन्न देशमा रहेका प्रवासी नेपालीहरु सग समेत सम्पर्क भइरहेको जानाकारी दिनुभएको थियो । पहिरोबाट जलजला ७ र ८ का गरि झण्डै ४५ घर विस्थापित भएको वडाअध्यक्ष जिसीले जानाकारी दिनुभयो ।
पून ९.३० वजे संपादन गरिएको