५ साउन
काठमाडौँ :चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका डा गोविन्द केसीको माग पुरा गर्न र डा केसीको जीवनरक्षाका लागि सरकारलार्इ दबाब दिन माइतिघर मण्डलामा अाज प्रदर्शन हुने भएको छ।
माइतीघरमा अाज मध्यान्ह १२ बजे प्राध्यापक, विश्लेषक, पूर्व प्रधानन्यायाधीश, पूर्व उपकुलपति, नेता, लेखक, कलाकार, पेशाकर्मीदेखि सर्वसाधरण जम्मा हुने भएका छन्।
डा केसीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की तथा कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, कृष्ण पहाडी, खगेन्द्र संग्रौला, डा देवेन्द्रराज पाण्डे, केदारभक्त माथेमा, श्याम श्रेष्ठ, प्राध्यापक सुरेन्द्र लाभ लगायतका व्यक्तित्व तथा आम सर्वसाधारणहरू सहभागी भई ऐक्यबद्धता जनाउने कार्यक्रम रहेको छ।
यसका साथै डाक्टर्स, नर्स, कानुन व्यवसायी सम्मिलित विभिन्न संघसंस्थाले पनि आज माइतिघरमा प्रदर्शन गर्ने भएका छन्।









