४ साउन
पर्वत । कुश्मा नगरपालिका कार्यालय भवन सार्न कूश्मा नगर कार्यपालिकाका सदस्यहरुले माग गरेका छन् । बिहिबार कुश्मा नगर कार्यपालिकाका मेयर रामचन्द्र जोशी,उपमेयर सीता कापले लामिछाने सहितका सदस्यहरुको टोलीले जिल्ला समंन्वय समितिका प्रमूख मनोहर वि पौडेललाई भेटी यस्तो माग गरेका हुन । मनोहर वि पौडेलले सवैसंग छलफल गरेर कार्यालय भवनको व्यवस्थापन गर्न पहल गर्ने आश्वासन दिए ।

हाल कुश्मा नगरपालिकाको कार्यालय एकता चोकवाट समन्वय समिति वा प्रशासन भवन आसपासमा हुनु पर्ने माग रहेको छ । जिल्ला समन्वय समितिमा कर्मचारीहरु हूने भएकाले अव खाली हूने अन्य विषयगत कार्यालयमा समन्वय समितिलाई सारेर समन्वय समिति रहेको स्थानमा कूश्मा नगरपालिका कार्यालय सार्दा उत्तम हूने अधिंकासं कार्य पालिका सदस्यहरुको माग रहेको छ । समन्वय समितिलाई उपयूक्त स्थानमा सार्दा कुश्मा नगरका लागी चाहिने कार्यालयका भवनहरु कोठाहरु पूग्ने देखिन्छ । हाल कूश्मा नगरपालिका भाडाको अफिस वाट संचालन भएको छ । यता सरकारी कार्यालयहरु प्रदेश सरकार मार्फत जिल्ला समन्वय समितिमा हस्तान्तरण भई जाने अवस्थामा रहेका छन् ।
जिल्ला समन्वय समितिको भवनले मात्र नपूग्ने भएमा वालमन्दिर लाई तत्कालीन भू संरक्षणको कार्यालयमा वालमन्दिर स्कूलाई स्थान्तरण गरि उक्त वालमन्दिर भएको स्थानमा कुश्मा नगरपालिकोको भवन निर्माण गरि कार्यलय संचालन गर्न सकिने नगर कार्यपालिका सदस्यहरुको भनाई रहेको छ । कुश्मा नगरपालिकाका प्रशासकिय अधिकृत सुवास कुमार लामिछानेले भने,‘ हाल रहेको नगरपालिकाको भवन साघुँरो हुँदा कार्य सम्पादन गर्न समस्या छ । नगरपालिकाले प्रशासन फाँट,कृषि,पशु,शिक्षा,स्वास्थ्य लगायतका कार्यालयको काम एउटै भवनवाट गर्न नसकेको जनाएको छन् । विभिन्न शाखामा सेवाग्राहीहरु आउँने हुदाँ कार्य सम्पादन गर्न असहज भएको छ ।
कुश्मा नगरपालिकाको आर्थिक फाँटमा झन व्यथीती छ । आर्थिक फाँटको सानो कामलाई महिना सम्म लाग्छ ।
कुश्मा नगरपालिका अन्तर्गतका विभिन्न कार्यालयहरुका बिबिध शिर्षकका कामका फाईलहरु व्यवस्थीत हुन पनि ग्राहो छ । सेवाग्राही कुल प्रसाद पोख्रेलले भने,‘सेवा लिन जाँदा झनझन समस्या भोग्नुपर्छ । पोख्रेलले भन्छन् कार्यपालिकाले भवनको व्यवस्थापन छिट्टै गर्नुपर्छ । कार्यपालिका सदस्यहरुले जिल्ला समन्वय समितिमा नगरपालिका कार्यालय सार्दा कुश्मा बजारको समेत चहलपहल बढ्ने बताए ।

यस्तै कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी,उप मेयर सीता कापले लामिछाने, वडाध्यक्ष लगायतले यही साउन १५ सम्म कार्यालय स्तान्तरण गरि सहज ठाउँ दिलाउनु पर्ने माग राखेका छन् । उनीहरुले जिल्ला समन्वय समितिको भवन सहज नभए खारेज भएका खालि रहेका कार्यालयका भवनहरु नगरपालिकाको माताहतमा दिई उचित व्यवस्थापन गर्न दिनुपर्ने माग राख्दै आएका छन् ।

कुश्मा नगरपालिका कार्यालयको भवन साँघुरो हुदाँ सेवाप्रवाहमा समेत कार्मचमरीहरुले सास्ती भोगेका छन् । गाउँगाउँवाट आउने सेवाग्राहीहरुले नगरपालिकाको कार्यालय अन्तर्गतका विभिन्न शिर्षकहरुका कार्यालयका शाखाहरु फाँटफाँटको रुपमा स्थापना गर्न आग्रह गरेका छन् ।