३ साउन
पर्वत । पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय राना ए–प्लाष्टिक एनिमिया रोगबाट ग्रसित भई काठमाडौ स्थित सिभिल अस्पतालमा उपचाररत छन् ।

उपचारमा सहयोग गर्ने धेयले पर्वतमा पछिल्लो केहि बर्ष पत्रकारीतामा त्रियाशिल रहेर कामगरेका पत्रकारद्धय संगिता के.सी र सुमन थापाले आर्थिक सहयोग गरेका छन् । दुवैले रानाको सुवास्थ्य लाभको कामना गर्दै १० हजार १ रुपयाँ कार्यरत्त क्षेत्र जापानवाट पठाएका हुन ।

आई एमी मार्फत उक्त रकम पर्वतमा पत्रकार रामकृष्ण लामिछानेलाई पठाएका थिए । भने ,रामकृष्ण लामिछानेले प्रभू बैंकवाट प्राप्त गरि नेपाल पत्रकार महासंघ वाग्लुङको वैंक खाता नम्बर ०७००१००८८७४२७०००००२ बुधबार जम्मा गरेका छन् ।
टेलिफोन सम्पर्क गर्दै सुमन थापा र संगिताले के.सीले जीवनमा अन्यक समस्या पर्दा एकले अर्कोलाई आर्थिक,भौतिक लगाएतको सहयोग गर्नुपर्छ भन्ने बताए । दुवैले वितमा पनि जिल्ला देखि अञ्चल भरी नै पत्रकारीतामा लागेका जानअन्जान सवैलाई सहयोग गर्दै आएका थिए ।

पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय राना ए–प्लाष्टिक एनिमिया रोगबाट ग्रसित भई काठमाडौ स्थित सिभिल अस्पतालमा उपचाररत छन् । उनको उपचारको लागि लाखौँ रकम लाग्ने भएको र उनको परिवारले उपचारको लागि खर्च थेग्न सक्ने अवस्था छैन ।
उनको उचारको लागि पत्रकार महासंघ बागलुङ लगाएत विभिन्न व्यक्ति, संघ संस्थाहरुले सहयोग अभियान संचालन गरेका छन् ।
पत्रकार महासंघ वाग्लुङका अध्यक्ष दिल श्रीषले रानाको उपचारर्था आर्थिक सहयोग आउने क्रम्म जारी रहेको बताएका छन् ।