२ साउन
पर्वत । मंगलबार साँझदेखि परेको अविरल बर्षाको कारण आएको पहिरोले घर बगाउँदा पर्वतमा १ जनाको मृत्यू भएको छ ।
जिल्लाको जलजला गाउँपालिका वडा नं। ८, लस्तीको बरनेटामा मंगलबार राती १ बजेको समयमा आएको पहिरोले बमबहादुर परियारको एक तले कच्ची घर माथिबाट आएको पहिरोले बगाउँदा बमबहादुरका १६ बर्षिय छोरा विकास को मत्यू भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए।
जलजला गाउपालिका वडा नं। ८ लस्तीका पहिरो पिडित १४ घर परिवार वडा ७ धाईरिडका ५ घरपरिवारलाई पर्वत उद्योग वाणिज्य संघ,पर्वत सेवा समाज पर्वत,लायन्स क्लव अफ गूप्तेश्रर,रेडक्रस सोसाईटी पर्वत र नेस्डो नेपालले खाद्यन्न तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । उनिहरुले पहिरो पिडितलार्इ तत्कालै केहि राहात होस भनि खाद्यन्न सामान तथा नगद हस्तान्तरण गर गरेकोपर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले वताए । उनले भने राज्यको सहयोगीको रुपमा सामाजिक संस्थाहरु साथमा रहेको धारणा राखे । त्यसै गरि पर्वत सेवा समाज पर्वतका कार्यवाहक अध्यक्ष गणेश वहादूर क्षेत्रीले वाढीपिडितलाई उनिहरुको घाउमा सानो भए पनि मलहम लगाउन हातेमालो गरेको धारणा राखे । त्यसै गरि रेडक्रम पर्वतका अध्यक्ष रुद्र वहादूर रिमालले तत्कालै पहिरो पिडतका लगाी चाहिने ६ सेट किचनका सामग्री हस्तान्तरण गर्दै उनले थप सहयोगका लागी रेडक्रम छिटै आउने धारणा राखे । लयान्स क्लव अफ गूप्तेश्रवरका अध्यक्ष हरिओम शर्मा लामिछानेले तत्कालिन अवस्थामा नगदको पनि खाचो हूने भएकाले नगद हस्तान्तरणका लागी रु २० हजार सहयोग गरेको धारणा राखे ।
एक लाख वरावरको सहयोग सामाग्री हस्तान्तरण भएको छ ।
जिल्लामा वसेको प्रमूख जिल्ला अधिकारीको अध्यक्षतामा दैवि प्रकोप उद्धार समिति पर्वतको वैठकले सवै सरकारी तथा गैर सरकारी संस्थाहरुलाई सहयोगका लागी अनूरोध गरेको थियो ।
जिल्ला दैवि प्रकोप उद्धार समितिको तर्फ वाट मृतकका परिवारलाई एक लाख सहयोग आजै हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेल,प्रमूख जिल्ला अधिकारी गूरुदत्त ढकाल,प्रहरी नायव उपरिक्षक दिलिप घिमीरे, लगायत जलजला गाउपालिका वडा नं। ७ र ८ का वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
वढीपहिरो वाट पुर्णरुपमा क्षति पूगेका वम्मे नेपाली,गोपाल नेपाली,टेक वहादूर नेपाली,ज्ञानू कूमारी नेपाली,सन्ते नेपाली,डिलू नेपाली,टिके नेपाली,जीलात नेपाली,गणेश नेपाली,खूजुना नेपाली,नन्दे नेपाली,राने नेपाली, टुका नेपाली र रमेश नेपाली रहेका छन् ।