३० असार
पर्वत । ‘‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ वाट पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले शिक्षा मन्त्रालयका सचिव खगराज बरालवाट स–सम्मान सहित पुरस्कार प्राप्त गर्नुभएको छ । छविलाल तिवारी ‘नागरिक दैनिक’ (पर्वत),प्रेश युनियन पर्वतको अध्यक्ष समेत हुनुहुन्छ । तिवारी लामो समय सम्म पत्रकारीतामा अव्वल रुपमा लागि परेको पत्रकार मध्ये एक हुनुहुन्छ ।
यस्तै १५ हजार राशिको उक्त लेखनवृत्ति प्रदेश नं १ बाट रमेशचन्द्र अधिकारी ‘कान्तिपुर दैनिक’ (धनकुटा) र नारायणभक्त राई ‘ब्लाष्ट टाइम्स दैनिक’ (सुनसरी), प्रदेश नं २ बाट नगेन्द्रकुमार कर्ण ‘गोरखापत्र दैनिक’ (महोत्तरी) र दीपेन्द्रप्रसाद सिंह ‘जनकपुर टुडे’ (धनुषा), प्रदेश नं ३ बाट मन्दिरा थापा ‘नेपाल टेलिभिजन’ (दोलखा) र मनोज थापा ‘अर्थ नेपाल डटकम’ (नुवाकोट), गण्डकी प्रदेशबाट शान्ता कमली ‘नयाँपत्रिका दैनिक’ (लमजुङ), प्रदेश नं ५ बाट केशर रोका ‘अन्नपूर्ण पोष्ट दैनिक’ (प्यूठान) र तेजेन्द्र केसी ‘दैनिकपत्र दैनिक’ (रूपन्देही)ले पाउनुभएको हो ।









