२८ असार
पर्वत । कुश्मा नगरपालिका वडा नम्बर १२ मा रहेको ठुलिपोखरी प्राथामिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सको चरम दुरुपयोग भएको छ । प्रथामिक स्बास्थ केन्द्रमा रहेको बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर आफन्त, डाक्टर,अस्पतालका कर्मचारी तथा सोही वडाका वडा अध्यक्ष लगायत जनप्रतिनिधीलाई ओसार पोसार गर्दै आईरहेको पाईएको हो । पछिल्ला समयमा बिरामी बोक्ने एम्बुलेन्समा अस्पतालले आफ्ना कर्मचारी तथा जनप्रतिनिधि बोक्न थालेपछि यसको चौतर्फी विरोध भएको हो ।

बिरामीको लागि मध्येनजर गरेर सञ्चालनमा ल्याईएको एम्बुलेन्सको महत्ब नबुझे झै गरी बिरामीको लागि प्रयोग हुने एम्बुलेन्समा जनप्रतिनिधि तथा अन्य मानिसहरु आबतजाबत गरेको पाए पछि स्थानिय बासीले समेत आक्रोस पोखेका छन् ।

यस बिषयमा सोहि वडाका वडा अध्यक्ष राजेन्द्र पौडेललाई हामिले एम्बुलेन्सको चरम दुरुपयोग तपाईहरुबाट नै भएको स्थानियको आरोप छ भनेर बुझन खोज्दा उनले त्यसो नभएर कामको शिलशिलामा सदरमुकाम आएको एम्बुलेन्समा फर्कीदा खाली भएर यात्रा मात्र गरेको बताए ।

अहिले सम्म एम्बुलेन्स नभएको प्रथामिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सञ्चालनमा आएको पनि ५, ७ महिना मात्र भएको छ । एम्बुलेन्स सञ्चालनमा आएको धेरै समय नभएपनि बिरामी भन्दा बढी अरुलाई ओसार पोसार भईरहेको स्थानियहरुको आरोप छ ।

यता नगर प्रमुख रामचन्द्र जोशिले भने एम्बुलेन्स दुरुपयोगलाई रोक्न सचेत गराएको बताए । समयमै एम्बुलेन्स सेवा नपाएर बिरामीको अकालमै मृत्यु नहोस् भन्नेतर्फ आफू सचेत रहेको बताउँदै उनले एम्बुलेन्सको गलत प्रयोग कम गर्नतर्फ नगरपालिकाले पहल गरिरहेको उल्लेख गरे ।