२६ असार
काठमाडौ – पत्रकार ऋषि धमला र रवी लामिछाने राजधानीमा भएको एउटा कार्यक्रममा भेट भएका छन् । हिजो काठमाडौमा भएको एक कार्यक्रममा ऋषि धमला र रवी लामिछानेको पहिलोपटक भेट भएको हो । दुवै लामो समय देखि पत्रकारितामा लागे पनि उनीहरुको भेट भएको थिएन जुन कुरा रविले आफै खुलासा गरेका छन् ।

पत्रकार ऋषि धमलासंग स्टेजमा एकै पटक भेट भएपछि रविले ऋषि धमलाको निकै तारिफ गरेका छन् । ऋषिको तारिफ रविले गर्दा त्यहाँ उपस्थित दर्शकले तालि बजाएर हुटिङ्ग गरेका थिए । रवीले ऋषि धमलाको बारेमा तारिफ गर्न कुनै पनि कन्जुस्याइँ नगरी निकै खुलेर बोलेका थिए ।

रविले ऋषिको नाम लिदै भने, नेपाली पत्रकारितामा यसरि बिहान ५ बजे देखि रातिको १२ बजे सम्म खट्न सक्ने साएदै नेपाली पत्रकारितामा अर्को नहोला । यसरि खटेर पत्रकारिता गर्ने ऋषि धमलालाई कसैले नेपाली पत्रकारिताबाट अलग गर्न सम्भव नै छैन ।

जनता जान्न चाहन्छन भन्दै कार्यक्रम चलाउनु हुन्छ मैले पनि जनतासंग सिधा कुरा भनेर कार्यक्रम चलाउदै आएको छु त्यसैले हामी यो भेटमा हात मात्र होइन गला पनि म्लाउनु पर्छ भन्दै रविले ऋषिलाई हात दिदै अंगालो मारेका छन् ।

यो दृश्य देखि रहदा त्यहाँ भएका दर्शक श्रोताहरुले निकै रमाइलो मान्दै हुटिङ्ग गरेका थिए जुन दृश्य तलको भिडियोमा हेर्नुहोस