असार १६
पर्वत । जलजला गाउँपालिकाको चौथो गाउँसभाले आर्थिक बर्ष २०७५÷०७६ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
जलजला गाउँपालिकाको कार्यालय मल्लाज लामाखेतमा भएको सभामा जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ले स्थानीय सडक, खानेपानी, कृषी तथा पशुपालन, सिँचाई, स्वास्थ्य, शिक्षा, सँस्कृति र पर्यर्टन प्रवर्दन,आर्थिक बृद्धिका लागि उद्योग व्यवसाय लगायत जनसरोकारका बिषयलाई पहिलो प्राथमिकतामा राखी नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरि बजेट विन्योजन गर्ने बताउनु भयो । प्रत्येक वडामा उत्पादन, व्यवसाय प्रवद्र्धन कार्यक्रम संचालन गर्दै ऐतिहासिक,धार्मिक एवम् पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरि पर्यटकिय गन्तव्यको रुपमा पहिचान गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
निति तथा कार्यक्रममा गाउँपालिकामा गत आर्थिक वर्षमा संचालित विभिन्न अभियानहरुको प्रभावकारिता र दिगोपनाका लागि यो वर्ष पनि निरन्तरता दिएको छ । गाउँपालिकाले शुरु गरेको घरघरमा स्वास्थ्य, घरघरमा पशु स्वास्थ्य सेवा अभियानलाई प्रभावकारी र दिगो बनाइने नीति कार्यक्रममा भनिएको छ ।
त्यस्तै सेवा प्रवाहको गुणस्तरियता र प्रभावकारिताका लागि घुम्ती सेवा, नयाँ प्रविधिको प्रयोग, सुविधा सम्पन्न अस्पताल, विद्यालयमा खानेपानी सरसफाई पूर्ण क्षेत्र,बालमैत्री स्थानीय शासन, एक घर एक धारा, फोहार व्यवस्थापनका लागि बिसर्जन केन्द्र,लैङ्गिक हिँसा मुक्त वडा, दिवा सेवा केन्द्र, जेष्ठ नागरिक सम्मान कार्यक्रम, कृषिजन्य बस्तुलाई कोशेलीघरहरु मार्फत विक्री गर्ने व्यवस्था मिलाईने, सडक गुरुयोजना, सौर्य बत्ती जडान, सेवाग्राही मैत्री गाउँपालिका र बेनी कालीगण्डकी हाइड्रो पावरको लागि पहल गर्नेमा जोड दिइएको छ ।
गाउँपालिका अध्यक्ष मल्लले प्रस्तुत गरेको निति तथा कार्यक्रमप्रति वडाध्यक्षहरुले थप योजना तथा सल्लाह सुझाव प्रदान गरिरहेका छन् । प्रस्तुत निति तथा कार्यक्रममाथी छलफल गरि असार १८ गते बजेट पारित गरिने प्रमुख प्रशासकिय अधिकृत कृष्ण गौतमले बताउनु भयो । बजेट उपर हिजो देखि नै छलफल भैरहेको र निरन्तर छलफल गरेर बजेट पारित गरिने बिषयगत समितिका संयोजकहरुले राय प्रस्तुत गर्ने जनाइएको छ । प्रस्तुत भएको निति तथा कार्यक्रममाथी छलफल गर्ने र अवश्यकता अनुसार संशोधन गरि सोही अनुरुप बजेट पारित गरिनेछ गौत्तमले भने ।
कार्यक्रममा अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य जलजला गाउँपालिका प्रवक्ता देवेन्द्रवहादुर भण्डारीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सामजिक विकास अधिकृत लिलाधर सुवेदीले गर्नुभएको थियो ।









