पोखरा । पोखरा ५ मालेपाटनस्थित पोखरा बाग्लुङ राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ ।
ग १ ख २८९६ नम्बरको पानी बोक्ने ट्यांकरसँग ध १ प ५०२१ नम्बरको बाईक ठक्कर खाँदा बाईकमा सवार म्याग्दी दानाकी २५ वर्षीय बृन्दा थापाको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएकी थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।









