१३ असार
नायिका तथा पत्रकार ऋषी धमलाकी पत्नी एलिजा गौतम दुर्घटनामा परेकी छिन् । उनी लाजिम्पाटस्थित घर जाने क्रममा दुर्घटनामा परेकी हुन् । मोटरसाईकल दुर्घटनामा परेकी एलिजाको अहिले गम्भीर अवस्थामा उपचार भईरहेको छ ।
‘ठूलो दुर्घटना बाट बाच्न सफल भयौ, हामि म र ऐलिजा दि’ एजिलाका भाई सुजन आचार्यले फेसवुकमा स्टाट्स लेख्दै जानकारी दिएका छन् । उनले लाजिम्पाट घर जाने क्रममा दुर्घटना भएको जानकारी दिए ।
आफु चलाएको मोटरसाईकल दुर्घटनमा परेको उनको भनाइ छ । बाटो काट्न लागेको गाइलाइ जोगाउने क्रममा मोटरसाईकलको ब्रेकले काम नगर्दा दुर्घटना भएको उनले स्टाट्स मार्फत जानकारी दिएका हुन् ।









