१२ असार
पर्वत जिल्लाको मोदी गाउँपालिका ६ स्थित नव जागृत उच्च माध्यामिक विद्यालयले यस पटकको एसइईमा सामुदायिक विद्यालयतर्फ ४ नम्बर प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको छ।
लगातार ६ वर्षदेखि पर्वत जिल्लामा उत्कृष्ट नतिजा ल्याउँदै आएको उक्त विद्यालयले यसपटक ४ नम्बर प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको हो।
अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने उक्त विद्यालयबाट ८० जना विद्यार्थी एसइइमा सहभागी भएका थिए। जसमध्ये ३६ जना विद्यार्थीले जिपिए ३.६ भन्दा माथि ल्याउन सफल भएका छन्। १४ जान विद्यलर्थीले जिपिए ३.२, २४ जनाले २.८ र ६ जनाले २.४ जिपिएभन्दा माथि ल्याउन सफल भएका छन्। जिपिए ३.६ भन्दा माथि ल्याउने मध्ये ६ जनाको ३.९५ रहेको छ भने १० जनाको ३.९ रहेको छ।
चार नम्बर प्रदेशकै शैक्षिक हब बनाउने उद्देश्यले अगाडि बढिरहेको विद्यालयलाई एसइईको नतिजाले त थप हौसला पुगेको विद्यालयका सहायक प्रधानध्यापक दिनेश शर्मा पौडेलले बताए।
शिक्षक, विद्यार्थी, अभिभावक सबैको सहयोगमा यो नतिजा ल्याउन विद्यालय सफल भएको उनको भनाइ थियो।
‘शिक्षकको असल मार्गनिर्देश, विद्यार्थीको लगनशीलता र मेहनत अनि अभिभावको साथ सहयोगले नै यो नतिजा ल्याउन विद्यालय सक्षम भएको हो’, विद्यालयका अंग्रेजी शिक्षक केशव देवकोटाले भने। उनले नतिजाले शिक्षकहरुमा हौसलामात्रै नभएर चुनौती पनि थपेको भन्दै आगामि दिनमा यहाँको गुणस्तरलाई टिकाइ राख्नथप मेहनत गर्नुपर्ने बताए।
विद्यालयको वातावरणले आफूहरुलाई सिकाइका लागि सधैं पे्ररित गरेको र शिक्षकहरुले सधैं हौसला प्रदान गरेको एसइईमा ३.९५ ल्याउन सफल विद्यार्थी अनिल पौडेलले बताए।









