१२ असार
पर्वत । बालमन्दिर प्राथमिक विद्यालय कुश्मा नगरपालिका ५ ले सोमबार बार्षिक उत्सव तथा अभिभाव दिवस र पूरस्कार बितरण गरेको छ । वि.स २०२८ सालमा स्थापना भएको प्राथमिक तहको यो विद्यालय यहाँका धेरै नागरिकको शैक्षिक क्षेत्रको आधार हो । यो विद्यालयमा रहेका कुल ९१ जना विद्यार्थी मज्दूरका छोराछोरी हून ।
बार्षिक उत्सव तथा अभिभाव दिवसका अवसरमा बोल्दै वडाध्यक्ष चित्रकला शर्मा भारतीले विद्यालयको गुणस्तरीयता सुध्रान शिक्षक,अभिभावक र व्यवस्थापन समितिले चासो दिुनुपर्ने बताईन् । उनले आफ्नो वडाको सामुदायिक विद्यालय भएकाले वडाले यसको सुधारका लागि जस्तोसुकै कदम चाल्ने पनि बताईन् । वडाले उनीहरुको शैक्षिक स्थित थप सहजहोस् भन्दै केही समय पहिला दिवा खाजा कार्यक्रमको समेत व्यव्स्था गरेको छ । अगामी दिनमा कक्षा ५ सम्म अंग्रेनी माध्याको पढाई सुरु गर्ने उद्धघोष गरिन् ।
सो अवसरमा बोल्दै सल्लाहकार कमलनाथ पोख्रल,विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष मानकुमारी गिरी,कोषाध्यक्ष विपिन गुरुङ,सचिज सरस्वती शर्मा जिज्ञासु लगायतले विद्यालयमा विद्यार्थी भित्राउन समिति लागी परेको बताए ।
यस्तै उक्त विद्यालयका ९१ जना विद्यार्थीहरुलाई नगरशिक्षा शाखा कुश्माले छात्रवृति समेत प्रदान गरेको छ । उनीहरुको पठन्पाठनमा सहजता दिन शैक्षिक सामाग्रीहरु प्रदान भएको हो । भने,गत बर्षको बार्षिक परिक्षमा सफल भएका विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । आर्थिक प्रतिवेदन विद्यालयका प्रअ लोक बहादुर रानाले प्रस्तुत गरेका थिए । विद्यालय व्यव्स्थापन समितिका अध्यक्ष निर्मल बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक प्रेमप्रसाद शर्माले गरेका थिए ।









