७ असार
कूश्मा पर्वत । पर्वत जिल्लामा संचालित लघूउद्यम विकास कार्यक्रमको स्थलगत अनूगमन गरिएको छ । लघूउद्यम विकास कार्यक्रम सहयोग ईकाई पोखरा,घरेलु तथा साना उद्योग विकास समिति पर्वतको आर्थिक तथा प्राविधिक सहयोगमा चौतर्फी विकास श्रोत मच पर्वत र ग्रामिण उद्यम शिलता विकास केन्द्र वाग्लूडको आयोजनामा आ व ०७४,०७५ मा संचालित पर्वत जिल्लाका ७ वटै पालिकामा संपन्न गरेका गतिविधिहरुको वारेमा स्थलगत अनुगमन गर्ने कार्य भएको छ । आज जलजला गाउंपालिकाको वडा नं. ३,कूश्मा नगरपालिकाको वडा नं. ११ पकूवा र मोदी गाउपालिकाको वडा नं. ७ राम्जामा संचालित कार्यक्रमको अनूगमन भएको छ । जलजलामा संचालित ढाका वूनाई तथा सिलाई कटाई तालिम संचालन भएको,कूश्मा नगरपालिका पकूवामा कटाई सिलाई,हाते कडाई तालिम,मोदी राम्जामा मौरीपालन,सिलाईकटाई तालिम संचालन भएका छन् ।
तालिमका सहभागीहरु संग अन्तरकृया गर्दै जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि पौडेलले तालिममा सिकेका सिपहरुलाई दैनिक जिवन जिउनका लागी व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो । राज्यले ठूलो लगानी उद्यमशिलता प्रवर्धनका लागी खर्च गरेकाले अव यी तालिम सिके पछि वैदेशिक रोजगारमा जाने हैन की स्वदेशमा नै रोजगार भएर कार्य संचालन गर्नु पर्दछ भन्दै सवैलाई व्यवसायीक वन्न शुभकामना दिनू भयो ।
उक्त अनूगमन समितिमा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदार नाथ शर्मा,नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी,घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष ठाकूर वि पौडेल,घरेलु तथा साना उद्योग विकास समितिका निमित्त वरिष्ठ उद्योग अधिकृत विष्णू न्यौपाने,जिल्ला समन्वय समितिका नासू देवी शर्मा, डिमेघा र्पतका सदस्य गोविन्द पौडेल,सेवा प्रदायक संस्था चौतर्फी विकास श्रोत मञ्चका कार्यकारी प्रमूख गणेश वहादूर क्षेत्री,लघूउद्यम विकास कार्यक्रमका सरकार सहयोग वजार विशेषज्ञ करुणा पूलामी मगर,आरईडिसीका अनिता तिवारी,सूरेश ढकाल लगायतले लघूउद्यमी हरुले तालिममा सिकेका कूराहरुको अनूगमन तथा भविश्यको योजनाको वारेमा जिज्ञासा राखेका थिए ।
फलेवास,महाशिला,पैयू र विहादी पालिकामा अनूगमन गर्ने कार्य जारीरहेको कूरा घरेलु तथा साना उद्योग विकास समतिका कार्यालय प्रमूख विष्णू न्यैपानेले जानकारी दिनू भयो ।









