२ असार
कूश्मा पर्वत । महिलाहरुको क्षमता विकास, शसक्तिकरण र सामूदायिक विकास गर्ने उद्धेश्यका साथ कूश्मा नगरपालिका वडा नं. ५ ओमशान्ति टोलमा गठन भएको शान्ति जागरण महिला समूहले टोल सरसफाई गरेको छ । समूहका अध्यक्ष मिना थापा वानियाको नेतृत्वमा समूहका सवै सदस्यहरु टोलमा भएका पलाष्टिक लगायतका फोहोर सरसफाई गर्ने काम गरेका छन् ।

ओमशान्ति सडक जिर्ण भएको तथा फोहोर भएकै कारणले नाली भरिएर ढल निकासमा वाधा पूगेकाले सरसफाई गरिएको समूहका कोषाध्यक्ष लक्ष्मी कूमारी क्षेत्रीले वताउनू भयो । महिला समूहले सामूदायिक विकासका धेरै कार्यहरुमा हातेमालो गर्ने गरि कार्य योजना वनाएको छ । टोलमा सामूदायिक भाडा व्यवस्थापनका लागी सवै संग हातेमालो गरि सहयोग माग गरिएकोमा कुश्मा नगरपालिका वडा नं. ५ वाट केहि सहयोग गर्ने निर्णय पनि भएकाले उक्त सहयोग वाट सामूदायिक भाडा खरिद गर्न सहयोग पूगेको समूहका उपाध्यक्ष देवि के सीले वताउनू भयो ।

प्रत्येक महिनाको पहिलो शनिवार टोल सरसफाई गर्ने,समुहको नियमित वैठक वसी समूदायको विकासका निर्णय गरि लागू गर्ने कुरा समूहका अध्यक्ष मिना थापा वानियाले वताउनू भयो ।