७ साउन
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध नाराबाजी गर्ने २३ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रमस्थलबाहिर सहकुलपति तथा शिक्षामन्त्री पोखरेलविरुद्ध प्रदर्शन गरिएको थियो ।
उनीहरूले ‘नेपो बेबी’ भन्दै शिक्षामन्त्री पोखरेलविरुद्ध नाराबाजी गरेका थिए । पक्राउ पर्नेमा त्रिवि स्ववियु उपसभापति सनम वलीसहित अन्य विद्यार्थी नेताहरू रहेका छन् । त्रिवि स्ववियुका सचिव हिक्मतकुमार बुढा पनि प्रहरी नियन्त्रणमा परेका छन् ।
त्यसैगरी, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, प्रकाश सञ्जेल, डम्बरसिंह ऐरी, कुलबहादुर बुढालगायत विद्यार्थी नेताहरूलाई पनि नियन्त्रणमा लिइएको छ । प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थी नेताहरूलाई प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ ।








