३ साउन

कुश्मा पर्वत । हिजो दिउँसो करिब २.३० बजे दोबिल्ला–फलेवास सडकखण्ड अन्तरगत कुस्मा नगरपालिका–९, भिरमुनि भन्ने स्थानमा कटवाचौपारी जादै गरेको ट्याक्टर आफै अनियन्न्त्रीत भई दुर्घटना हुँदा २ जनाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ट्याक्टरका चालक कुश्मा नगरपालिका वडा नं ७ निवासी वर्ष २८ का सुजन नेपाली र कुश्मा नगरपालिका वडा न ९ साईकलचोक वस्ने बर्ष १४ का शिशिर लामिछानेको प्रदेश अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको थियो ।

अर्का घाईते स्याड्जा जिल्ला अर्जुनचौपारी स्थायी घरभई हाल कास्की पोखरा महानगरपालिका १७ विरौटा वस्ने उदय सापकोटाको दुवै खुट्टा र हातमा चोटलागी घाईते अवस्थामा प्रदेश अस्पताल पर्वतमा उपचारसत रहेको जनाएको छ । घटनाको थप अनुसन्धान अगाडी वढाएको प्रहरीले जनाएको छ ।