२१ असार
खुर्कोट,पर्वत । सत्य महाकाली भगवती मन्दिरको जग्गामा सडक खन्ने क्रममा भएको विवादले निकास पाएको छ । कुश्मा नगरपालिका वडा न २ साविक खुर्कोट ८ मा पर्ने उक्त सडकको वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाको मध्यस्ततामा निकास निस्केको हो । अमलावुटामुनी देखि धनसारे सम्म गोरेटो वाटो निर्माण गर्ने क्षेत्र नजिक पर्ने र मन्दिरको जग्गा धेरै जाने भएकाले मन्दिर संचालक समितिले वडा कार्यलयमा वाटो निर्माण गर्ने कार्य रोक्का गर्न निवेदन दिएका थिए । तर वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाको सल्लाहमा काउरोटा, पात्रेढुड्गा,गैरा धनसारे टोल हुदै सडक ल्याएमा निकास दिन मन्दिर समितलाई आग्रह गर्ने वताए पछि सोहि अनुसार सडक निर्माण कार्य अगाडी वढाईएको थियो ।

सडक निर्माण कार्य अगाडी वढ्दै जांदा मन्दिरको जग्गामा आएपछि वडा अध्यक्षको सल्लाह वमोजिम मन्दिर संचालक समितिले निर्णय गरि निकासदिनु पुर्व नै सडक निर्माण अगाडी वढाएकाले विवाद सृजना भएको थियो । उक्त विवादलाइृ असार १५ गते वडा कार्यालयमा भेला गरि सडक निर्माणमा अगुवाई गर्ने वडा सदस्य क्षेत्रवहादुर क्षत्री र मन्दिर संचालक समिति विच वडा अध्यक्षको मध्यक्षतामा सडक निर्माणकार्यलाई मन्दिरको जग्गा र व्यक्तिको जग्गा वरावर हुनेगरि अगाडी वढाउने सहमती भए वमोजिम आज निर्माण कार्य अगाडी वढाईएको हो । सडकको दायांवांया पर्ने घरहरु जोगाएर निर्माण कार्य अगाडी वढाउने सहमती भए वमोजिम निर्माण कार्य अगाडी वढेको छ ।

सडक निर्माण गर्ने कार्य वर्षयामकाके सिजनमा भएको र वजेट पनि कम भएकाले पानीको निकास र जोखिममा परेका घरहरु जोगाउन गाह्रोहुने देखिएको छ । आगामी आर्थिक वर्षमा थप वजेट विनियोजन गरि हिउदको समयमा निर्माण कार्य पुरा गर्नुपर्ने वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाले वताउनु भयो । वडा कार्यलयवाट आगामी वर्षमा केहि वजेट विनियोजन गर्न सकिने धाराणा राख्दै वडा कार्यालयको पहलमा नयां ट्याक निर्माण भएकाले त्यसको दिगो विकासका लागी सवैले सहयोग गर्नुपर्ने वताउनु भयो ।

सडक निर्माणमा सत्य महाकाली मन्दिर संचालक समितिको पनि निकास नदिने भन्ने कुनै कुरा नभएको र अव कसैको पनि विवाद नभएकाले सडक निर्माण कार्यलाई सवैको सल्लाहमा अगाडी वढाउनुपर्ने वताउनु भयो ।
वर्षाको समय भएकाले सडकलाई सकभर पानीको निकास दिनेगरि निर्माण कार्य अगाडी वढाउनुपर्ने मन्दिर संचालक समितिका सचिव ठाकुर वहादुर क्षेत्रीले वताउनु भयो । क्षेत्रीले असार १५ गते वडा कार्यालयमा भएको संझौता सवैले पालना गर्नुपर्ने वताउदै सडक निर्माण संगै मन्दिरको गरिमालाई पनि जोगाउनुपर्ने वताउनु भयो ।
उक्त रकम वाट सडक निर्माण कार्य सम्भव भएको हो ।









