१४ असार
कुश्मा नगरपालिका वडा न २ खुर्कोट साविक वडा नं ८ मा अनाधिकृत रूपमा सडक खनिएको छ । सत्यमहाकाली देवी भगवती मन्दिरको गुठि जग्गामा समितीको सरसल्लाह र मन्जुरी विना असारको समयमा डोजर चलाईएको छ । कुश्मा नगरपालिका वडा नं २ को २ लाख वजेट विनियोजन भएको उक्त योजनाको असारमा रकम सक्काउनका लागी स्थानिय संग छलफल र सल्लाह नगरिकनै एकोहोरो डोजर चलाईएको मन्दिर संचालक समितिका अध्यक्ष गिता पौडेलले जानकारी दिईन । मन्दिर सॅचालक समितिको वैठक वसी सडक निर्माणको निकास दिने सरसल्लाह हुदै गर्दा एकाविहानै चोरी तरिकाले डोजर चलाएको समितिका सचिव ठाकुर बहादुर खत्रीले जानकारी गराए । उक्त कार्यका विरूद्द जिल्ला प्रशासन कार्यालय पर्वत,कुश्मा नगरपालिका र वडा न २ को कार्यालयमा अनाधिकृत सडक निर्माण कार्य रोक्का गर्न निबेदन दिईने कुरा समितिका सदस्य तेज बहादुर क्षत्रीले जानकारी दिए ।


बर्खाको समयमा गुठिमा लगाएको मकै पनि हटाउन नदिई जानकारी विना वडा सदस्य क्षत्र बहादुर क्षेत्रीले मनोमानी डोजर चलाएर गुठिको जग्गाहिनामिना वनाएको सदस्य तेज वहादुर क्षेत्रीले जानकारी गराए ।
सडकको निकासका लागी मन्दिर समितिमा छलफल हुदाहुदै एकोहोरो गुठीको जग्गामाम मात्रै डोजर चलाउनु खेदजनक रहेको अध्यक्ष गितापौडेलले बताईन ।
कुश्मा नगरपालिका वाट अमलाको वुटामुनि देखि धनसारे सम्म गोरेटो वाटो निर्माण शिर्षकमा उक्त रकम विनियोजन भए पनि विना लागत ईस्टिमेट अन्धाधुन्द मोटर वाटो खनिएको छ ।
यस सम्वन्धमा वडा कार्यालयमा मन्दिर संचालक समितिले सडक निर्माण कार्य रोक्का गर्न दिएको निवेदन उपर वडा कार्यालयले कुनै वास्ता नगरेको मन्दिर समितिको आरोप रहेको छ ।
आज भने वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाले भोलि असार १५ गते वडामा दुबैपक्ष वोलाएर छलफल गर्ने जानकारी गराए ।