८ असार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको भव्य उद्घाटन भयो। पार्टीको पहिलो महाधिवेशनको ऐतिहासिक क्षणको साक्षी बन्न चितवनमा हजारौं कार्यकर्ता र समर्थकहरूको उपस्थित थिए।
स्थापनाको चौथो वर्ष मनाइँरहँदा झन्डै दुई तिहाई बहुमतसहितको सत्तारूढ दलका हैसियत बनाएको रास्वपाका लागि पहिलो महाधिवेशन धेरै कारणले महत्त्वपूर्ण रहन्छ।

त्यो महत्त्वपूर्ण घडीमा पार्टीका प्रायः सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्यदेखि सांसदसम्म उपस्थित छन्। महाधिवेशन प्रतिनिधि नभएकाहरू पनि उद्घाटन समारोहमा उपस्थित भएर प्रधानमन्त्री बालेन, सभापति रवि र अन्य दलका प्रतिनिधिहरूलाई सुने।
यही महत्त्वपूर्ण घडीमा रास्वपाका चर्चित सांसद भने अनुपस्थित रहे। सर्लाही-४ मा कांग्रेस सभापति गगन थापालाई हराएका सांसद अमरेशकुमार सिंह पार्टीको महाधिवेशनको उद्घाटनमा देखिएनन्।

सिंह महाधिवेशनमै सहभागी नभएको उनका स्वकीय रञ्जित झाले जानकारी दिए। उनका अनुसार सांसद सिंह काठमाडौंमै छन्। अहिले उहाँ काठमाडौंमै हुनुहुन्छ। महाधिवेशनमा सहभागी हुनुभएको छैन। किन नजानुभएको थाहा भएन,’ झाले भने।
सिंहले पार्टीभित्र केही समयदेखि फरक मत राख्दै आएका छन्। सार्वजनिक रूपमै पनि उनले असन्तुष्टि पोखेका थिए। संसदमा पनि उनले सरकारको काम कारबाहीबारे असन्तुष्टि पोखेका थिए।









