८ वैशाख
खुर्कोट पर्बत । पार्वतीको जन्मभुमीमा ३ दिने धार्मिक कार्यक्रम सम्पन्न भएको छ । १ सय ११ वटा शिवलिङ्ग स्थापना,२ वटा हनुमानको मुर्ति,१ वटा राधाकृष्णको मुर्ति र १ वटा शिव परिवारको मुर्ति स्थापना गरिएको छ । शिवलिङ्ग स्थापनाका लागी १ सय ११ जनासंरक्षक रहेका छन् भने त्यसै गरि हनुमान र अन्यमुर्ति स्थापनाका लागी पनि संरक्षकहरु रहेकाछन् ।
शिवलिङ्ग स्थापनाका लागी प्रति व्यक्ति १५ हजार र चतुरमुखे हनुमानको मुर्ति स्थापनाका लागी संरक्षकवाट ४७ हजार ७ सय ७७ रुपैया संकलन गरिएको हो ।
वैशाख ५ गतेवाट संचालन भएको ३ दिने धार्मिक कार्यक्रममा वेद, चण्डी, गिता पाठन तथा लक्ष्यवर्ति प्रज्वलन गरिएको थियो । ७ गते सम्पन्न कार्यक्रममा धेरै भक्तजनहरुले गुफाको दर्शन गरेका छन् ।
उक्त धार्मिक कार्यक्रममा नियमित पुजा संचालन तथा व्यवस्थापनका लागी ३ लाख भन्दावढी नगद संकलन भएको छ ।
२०८२ साउन वाट उक्त पार्वतीको जन्मभुमी पाङ्ग,खुर्कोटमा अवस्थित पार्वती गुफामा १ जना पुजारी राखेर नियमित पुजा संचालन गरिएको पार्वती गुफा संरक्षण तथा पर्यटन क्षेत्र विकास समिति नेपालका सचिव ऋषिराम सुवेदीले जानकारी दिनुभयो । नियमित पुजा संचालनका लागी कुश्मा नगरपालिका वडा नं. १ र २ ले सहयोग गरेका छन् ।









