२१ चैत
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–७ स्थित उस्ताबेसीमा यात्रुबाहक बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको जिप शनिबार अपराह्न करिब साढे ४ बजे उकालोको घुमाउरो सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारी अनुसार मृत्यु हुनेमा मर्स्याङ्दी–७ का ४० वर्षीया गंगामाया (त्रिवेणी) गुरुङ र ३५ वर्षीया पुष्पा घले रहेका छन्।

दुर्घटनामा घाइते भएका १२ जनामध्ये ३ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ भने ३ जनाको प्रदेश अस्पताल लमजुङको रेड जोनमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ।








