२४ पुस
पर्वत । पर्वतका सामाजिक तथा राजनैतिक ब्यक्ति स्वर्गीय अमृतप्रसाद जोशीको स्मृतिमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । उहाँको स्मृतिमा स्थापना भएको अमृत जोशी स्मृती प्रतष्ठिानले स्वर्गीय जोशीको १९ औं स्मृती दवसिको अवसरमा जलजला गाउँपालिका –२ मल्लाजमा रहेको समाजकल्याण आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको हो ।
आधारभूत तह अन्तर्गत कक्षा १ देखी ५ सम्म सञ्चालनमा रहेका ४५ जना बिद्यार्थी हरुलाई न्यानो कपडा सहित जुत्ता, झोला लगायतका सामग्रीहरु बितरण गरिएको हो । कार्यक्रममा समाजमा योगदान गरेका बिभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा बोल्दै प्रतिष्ठानका संरक्षक एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले हरेक ब्यक्तिमा सकारात्मक सोचको बिकास हुनुपर्ने बताउनुभएको छ । समाज अहिले सकरात्मक भन्दा पनि नकरात्मक कुरामा बढी चासो दिने गरेकाले सकरात्मक धारणा फैलाउने व्यक्ती पाउन गाहे भएको वताउनु भयो । म मात्रै राम्रो, मेरो पार्टी मात्रै ठिक, म मात्रै नेता हो भन्ने सोच पालेर दोष अरुलाई मात्रै दिने हो भने समाजको दिशा एकिन गर्न नसकिने वताउनु भयो । कसैको सकारात्मक प्रगतिमा पनि भ्रष्टाचारकै नजरले हेर्ने गरिएको नेता जोशीले बताउनुभयो ।


आजका युवाहरुले पनि यहि सिकिरहेको भन्दै उहाँले अहिलेका बालबालीकाहरुमा पनि त्यो खालको सोच विकास हुन लागिरहेको भन्दै खतरा औँल्याउनु भयो । देशका नवयुवाहरु बाहिरीने क्रम चलिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले जति विद्यार्थीहरु यस बिद्यालयमा अध्ययनरत छन उनीहरुलाई संस्कार सिकाउनु पर्ने उल्लेख गर्नुभयो ।


नेता जोशीले बर्षौ पहिले खुट्टाले हिडेर पुगेका गाउँहरुमा अहिले सहजै सवारी साधन चढेर समयमै पुग्न सक्ने अवस्था भएकाले बिकासको एउटा उदाहरण भएको बताउनुभयो । स्थानीय तहका जनप्रतिनधिहिरिुले विकासको काम गरिरहेको भए पनि त्यसलाई जनतासँग जोड्न नसक्दा नागरिकले अझै पनि विकास नभएको भनेर सामाजिक संजालहरुमा विरोध गरिरहेको उहाँको भनाई छ ।


कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डा चुडामणी शर्मा, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य,जलजला वडा नं २ का वडा अध्यक्ष प्रकाश वहादुर जिसी लगायतले बोल्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सहसचिव आशिष जोशीले गर्नुभएको थियो ।