२३ मंसीर
काठमाडौं । जेनजी शहीदहरूको नामावली सम्बन्धित जिल्ला प्रशासन कार्यालय (सीडीओ)मा राखिने भएको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका ४५ जना शहीदरूको नामावली तीन दिनभित्र राख्न गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।
‘जेनजी सुशासन योद्धाहरूको नामावली पत्राचार भएको मितिले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्ने व्यवस्था मिलाउनू,’ निर्देशनमा भनिएको छ। जेनजी आन्दोलनमा क्रममा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गरेको थियो।










