१६ मंसीर
सरकारले प्रत्येक वर्षको भदौ २३ लाई जेन–जी सहिद दिवसको रुपमा मनाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। उनकाअनुसार गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा भएका परिवारका सदस्यहरूलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय समेत भएको छ।
उनले आगामी माघ १ गतेदेखि एकैपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदविक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत मात्र गर्नेगरी गर्नेगरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको पनि बताए।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा मृत्यु भई शहीद घोषणा भएका व्यक्तिका परिवारलाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने र प्रत्येक वर्ष २३ भदौलाई जेनजी शहीद दिवसको रुपमा मनाउने निर्णय भएको छ।








