१२ असोज
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सचिवालय बैठक बोलाएका छन्। आज निवास गुन्डुमा बस्ने गरी बैठक बोलाएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए।
उनका अनुसार बैठक आइतबार दिउँसो १ बजे बस्नेछ। बैठकमा जेनजी आन्दोलपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।
जेनजी आन्दोलनपछि एमालेभित्र अध्यक्ष केपी ओलीले नेतृत्व छाड्नुपर्ने आवाज पार्टीभित्रबाटै उठ्न थालेको छ।
आजको बैठकले पार्टीको आगामी रणनीति तय गर्ने जनाइएको छ।








