१४ असार

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ । शुक्रबार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् ।

परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने छन् ।