Facebook Instagram Twitter Youtube
  • समाचार
  • समाज
  • राजनीति
  • विजनेश
  • सूचना-प्रविधि
  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • फिचर तष्बिर
  • जीवनशैली/स्वास्थ्य
  • अन्तरर्वार्ता
Search
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
Sabaiko Online
  • समाचार
  • समाज
  • राजनीति
  • विजनेश
  • सूचना-प्रविधि
  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • फिचर तष्बिर
  • जीवनशैली/स्वास्थ्य
  • अन्तरर्वार्ता
Home Flash News राधिका दासीले कोटीहोममा सहयोग गर्ने, आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै
  • Flash News
  • समाचार

राधिका दासीले कोटीहोममा सहयोग गर्ने, आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

By
सबैकाे अनलार्इन
-
June 7, 2025
Facebook
Twitter
Pinterest
WhatsApp
Viber
    २४ जेठ
    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञकी प्रमुख कथा वाचिका एवं भागवत मञ्जरी राधिका दासीले दुई लाख ५१ हजार एक सय ५१ रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छन् । उनले उक्त रकम शनिबार हस्तान्तरण गर्ने प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
    भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । यसअघि जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म पुराईएको हो ।
    दासीको कथा श्रवण गर्न कोटीहोममा भक्तजन ओइरिएका छन् । कोटीहोममा हालसम्म २३ लाख ५० हजार भक्तजन सहभागी भएको आयोजकको दावी छ । शनिबार २१ करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेकाले तीन लाख ५० हजार बढी भक्तजन सहभागी हुने आयोजकको अपेक्षा छ ।
    शनिबार बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे दीप प्रज्ज्वलन गरिने मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले थापाले जानकारी दिए । आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गरिएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ ।
    शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेल्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक ढकालले जानकारी दिए । शनिबारका लागि विभिन्न जिल्लाबाट भक्तजन बोकेर तीन सय पाँच वटा गाडी पोखरा भित्रिसकेको उनको भनाइ छ । अन्य दिनको तुलनामा शनिबार ऐतिहासिक हुने उनको दावी छ । हालसम्म करिब सात करोड रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।
    पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ ।
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
    Viber
      सबैकाे अनलार्इन

      RELATED ARTICLESMORE FROM AUTHOR

      चीनबाट ४०० मिसाइल किन्न इरानले गर्‍यो सम्झौता

      घरमा विद्युत् ‘सर्ट’ हुँदा आगलागी भएर तीन घर पूर्ण रूपमा नष्ट

      प्रतिनिधि सभा बैठक बस्दै

      ताजा अपडेट

      चीनबाट ४०० मिसाइल किन्न इरानले गर्‍यो सम्झौता

      July 30, 2026

      घरमा विद्युत् ‘सर्ट’ हुँदा आगलागी भएर तीन घर पूर्ण रूपमा नष्ट

      July 30, 2026

      प्रतिनिधि सभा बैठक बस्दै

      July 30, 2026

      गगन थापाको प्रश्न–यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने हो ?

      July 30, 2026

      कुश्माको माझमेलामा जिप दुर्घटना: एकजना घाइते

      July 30, 2026

      एल जि एकिकृत सेवा प्रा लि
      कुश्मा नगरपालीका ५, अाेमशान्ती टाेल
      [email protected]
      +977 67 420879, +9779857630492
      कम्पनी दर्ता नं १७३३०४/०७४/०७५
      अनलाइन दर्ता प्रमाणपत्र नं ५७३/०७४/०७५

      Sabaiko Online

      प्रवन्ध निर्देशक / प्रधान सम्पादक
      गणेश बहादुर क्षेत्री

      कार्यकारी सम्पादक
      रमेश शर्मा
      शिबराज शर्मा
      अतिथि सम्पादक
      संजय रेग्मी
      सह सम्पादक
      लक्ष्मी कुमारी क्षेत्री
      प्रतिनिधी
      सुर्य बहादुर क्षेत्री (अमेरीका)
      दिनेश ढकाल (दक्षिण काेरीया)
      दिपीका भुषाल (इजरायल)

      • About Us
      • Contact Us
      • Privacy Policy
      • Terms and Conditions
      © 2019 - 2025 All Right Reserved. Sabaikoonline.com