६ वैशाख

पर्वत । नेपाल विद्यार्थी संघ हाल क्रियाशिल रहेका विद्यार्थी संगठनहरु मध्ये सबैभन्दा पुरानो संगठन हो । तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्त्र लगाईएको बेला नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग समहत विद्यार्थीहरुलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघ स्थापना भएको हो । वि.स २०२७ सालमा स्थापना भएको संघले शनिवार ५६ औँ स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ पर्वतले नयाँ बर्ष २०८२ सालको क्यालेण्डर बिमोचन गर्नुका साथै शैक्षिक सामग्री वितरण गरेको छ । नेवि संघ पर्वतले शुभकामना सन्देश सहित आफ्ना गतिविधि झल्कने खालको विषयवस्तु समेटेर क्यालेण्डर सार्वजानिक गरेको हो । नेवि संघ पर्वतले विगतमा पनि क्यालेण्डर सार्वजानिक गरेको थियो । यस बर्ष स्थापना दिवसको अवसर पारेर क्यालेण्डरको बिमोचन गरिएकोे हो ।
नेपाली काँग्रेसका महासमिति सदस्य कुलप्रसाद उपाध्याय, नेपाली काँग्रेस पर्वतका उपसभापतिद्धय शिवप्रसाद सुवेदी, डाक्टर चुडामणि शर्मा, नेपाली काँग्रेस प्रदेश सभा क का क्षेत्रीय सभापति राजकुमार क्षेत्री, नेपाली काँग्रेस कुश्मा नगरपालिकाका सभापति किशोर भण्डारी, कुश्मा नगरपालिका–७ का वडा अध्यक्ष परशुराम पुरी, वडा नम्वर ८ चुवाका वडा सुरेन्द्र केसी, नेपाली काँग्रेस ७ का सभापति ख्यामनाथ शर्मा लगायत स्थानीय नेता तथा जनप्रतिनिधिहरुको उपस्थितीमा क्यालेण्डरको बिमोचन गरेको नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष अजय पोखरेलले जानकारी दिए ।

कुश्मा नगरपालिका–७ खरियामा अवस्थित खरेहा प्राथमिक विद्यालयमा भएको उक्त कार्यक्रममा सोही विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

अध्यक्ष पोखरेलले विपन्न परिवारका बालबालिकाको शिक्षामा थप प्रोत्साहन मिल्ने हुदाँ शैक्षिक सामाग्री वितरण गरेको बताए । देशभरी नेवि संघले विभिन्न कार्यक्रम गर्दा आफुहरुले पनि स्थापना दिवसलाई रचनात्मक ढंगले मनाउने प्रयास गरेको उनको भनाई छ ।


अध्यक्ष पोखरेलको सभापतित्मा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य स्ववियु उपसभापति आशिष पौडेल र कार्यक्रमको संचालन नेवि संघ पर्वका सचिव रामचन्द्र पौडेल (आर.सी)ले गरेका थिए ।